English Edition

सर्खार ! ( सरकार हैन ) अर्को विपत्तिको के तयारी छ ? रवीन्द्र समीर


सर्खारलाई भुइँमान्छेको पत्र : 
१. अब छिट्टै मनसुन आउंदैछ ! पहाडहरु थर्केका र चर्केका छन् ! व्यापक रुपमा बाढी पहिरोको सम्भावना छ ! ठूला सडकहरु पहिरोले बन्द हुनसक्छन ! जसको कारण बिरामीलाई अस्पताल जान असम्भब हुन्छ ! खाधान्न तथा पेट्रोलियम पदार्थको अभाव हुनसक्छ ! नदीको किनारामा रहेका बस्तीहरु बाढीबाट र डाँडामा रहेका बस्ती पहिरोबाट जोखिमपूर्ण छन् ! त्यसको लागि के तयारी छ ? बैकल्पिक सडकको सुधार, जोखिम बस्तीलाई स्थानान्तरण र हाइवेमा पहिरो जाने ठाउँ पहिचान गरेर रोकथामको उपाय सुरु गर्न ढिला भएन र ?
२.महाभूकम्पको कारण असंख्य पशुपंक्षी मरेका छन्, मानिसका समेत सबै शब निकालिसकेको स्थिति छैन ! भत्केका संरचनाको कारण घरभित्रको फोहोर, फुटेका ढल, सेफ्टी ट्यांक आदिमा बर्खाको पानी मिसिएर पुरै बस्ती प्रदुषित हुनेछ ! त्यो बेला झाडाबान्ता, हैजा, आउँ, टाइफाइड, जन्डिस देखि बिभिन्न सरुवा रोगको महामारी फैलिन सक्छ ! त्यो महामारी रोक्न आबश्यक तयारी के छ ? अहिलेदेखि स्टोर नगरे महामारीले ठूलो क्षति भएपछि हारगुहार गर्ने हो कि ? यसमा ध्यान जाओस ! हामी भोलेन्टियर काम गर्नेछौं तर औषधि उपकरणको जोहो गर्नुपर्यो !
Rabindra Sameer's photo.
३. भूकम्पले आंशिक क्षति भएका, चिरिएका घरहरु बर्खाको पानीले भत्किनेछन ! तसर्थ पून : जनधनको क्षति नहोस भन्ने हेतुले यस्ता संरचना तुरुन्त भत्काएर थप क्षति कम गर्न किन ढिलाइ भएको छ ?
४. पाल र बर्खा धान्न नसक्ने अस्थायी टहरा कुन कुन सुरक्षित छन् ? कुन कुन सुरक्षित छैनन् ? त्यसको अनुगमन र मर्मत सम्भारमा ध्यान दिन ढिला भयो कि ?
५. नेपाल कृषिप्रधान देश हो ! किसानले बर्षौं पसिना बगाएका बालीनाली संरक्षण कहाँ र कसरी गर्ने ? बजारीकरण कसरी गर्ने ? यो तर्फ जनजागरण दिन ढिलाइ भयो कि ? 
६. स्थानीय निकायको अभावको कारण राहत सामग्री वितरणमा भएको मनपरी रोक्न कुनै संरचना बनाउने हो कि ? हरेक जिल्लामा दैबी प्रकोप ब्यबस्थापनको तयारी गर्नुपर्ने हैन र ?
७. धेरै स्कुल, अपार्टमेन्ट, होटेल तथा अग्ला भवनहरुले हतार हतार प्लास्टर र रंग लगाएर बाहिर " केहि नभएको जस्तो " देखाउने खतरनाक काम हामीले मात्र देखेका छौं कि सर्खारले पनि देखेको छ ? यो तुरुन्त रोक्नुपर्यो !
८. बर्खाले उपद्रो मच्याउनु अघिं दाताहरुलाई एक एक जिल्ला वा एक एक गाउँ बनाउन प्रोत्साहित गर्न ढिलो हुँदैछ ! भौतिक सहयोग मागे सत्तामा बस्नेको जिब्रोमा र्याल कम आउंथ्यो कि ?
९. किसानलाई बर्खा अघिं गाउँगाउँमा बिउ र मलको उपलब्धता पुर्याउन ढिलो भएन र ?
१०. बर्खाको समयमा एकजना पनि भोको पेट खुला आकासमा बस्त्रहीन भएर बस्नुपर्यो भने सर्खार भन्ने जन्तुको अस्तित्व रहला र ?


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment