अघिल्लो बर्षहरु झै यो बर्ष पनि मार्फाली थकालीहरुको महान चाड तेरेमी(फागु पुर्णिमा)ले सबैको घरमा पाईला टेक्यो I पुर्खेउली गाउँ मार्फा भए पनि अहिले नेपालको विभिन्न स्थानमा बसोबास गर्ने मार्फाली थकालीहरुले आ आफ्नो ठाउँमा भव्यताका साथ तेरेमी मनाए I नेपालमा घर परिवार भव्यताका साथ मनाउदै गरेको खबर सुनेर मन तेसै नरमाइलो (बिदेशमा सब भन्दा नरमाइलो लाग्ने नै यस्तो चाड पर्ब आउदा हो सायद)मानिरहेको जापानमा बसोबास गर्ने मार्फालीहरुले गएको साता मार्च १६ तारिकका दिन तेरेमी चाड भेटघाट गरि मनाय I
प्रविन हिराचन(A) तथा सर्बिना लालचन(हिराचन) को संयोजकत्वमा टोक्योमा मार्फाली थकाली समाजको सानो भेटघाट अर्थात् तेरेमी मनाउने कार्यक्रमको आयोजना गरिएको थियो I तेरेमी मनाउन करिब ४० को हाराहारीमा मर्फालिहरु कार्यक्रम स्थल पुगेका थिए Iकामको शिलशिलामा र अध्धयनको शिलशिलामा जापानमा भएका बिशेष गरि टोक्यो र टोक्यो आस पास भएका मार्फाली थकालीहरु कार्यक्रम
स्थलमा साँझ ७ बजे तिर जम्मा भए सबैजना धेरै पछि आफ्नो साथीभाई आफन्त भेट्न पाउदा निकै खुशी देखिन्थे
भने कतिपय चै नया मित्र र नया आफन्त भेटेकोमा दङ्ग पर्दै थिए किन भने जापानमा धेरै बर्षको अन्तरालमा मार्फाली थकालीहरु यसरि जमघट भएका थिए I
चाडबाडको बेलामा यसरि भेटघाट हुन पायकोमा एकदम खुशी लाग्यो भन्दै सबैजना तेरेमिको शुभकामना आदान प्रदान गर्दै कार्यकम शुभारम्भ गरियको थियो कार्यक्रममा आ-आफ्नो सुख दुखका गफ देखि आफ्नो पुर्खेउली गाउँ मार्फाको बिकाशका कुराहरु आफ्नो मार्फाली थकाली समाजलाई अझै कसरि बलियो र समाजलाई कसरि माथि उठाउने कसरि आफ्नो सस्कृति को जगेर्ना भन्ने कुराको छलफल गरियको थियो साथ साथै सबैजनाले नाच गान गरि भरपुर मनोरंजन पनि लिएका थिए कार्यक्रमको बिचमा प्रविन हिराचन(B)ले आफ्नो वेबसाईट(नेपाली जापानिज डिसनरि ) को बारेमा जानकारी गराए जुन डिसनरिले जापानिज भाषामा कमजोर अर्थात् भर्खर जापान आएका र जापानिज सिक्न चाहने हरुको लागि एकदम उपयोगी हुने जानकारी गराए कार्यक्रममा बिङ्गो पनि खेलाईएको थियो कामको व्यस्तताले बिङ्गोको आवस्यक बस्तुहरु समिर ज्वारचनले ल्याउनमा अलि ढिलो गरे पनि सबै जना बिङ्गो खेल्नमा खुब रमाई रहेका थिए I कार्यक्रममा एक आपसमा माया साटासाट गरि तस्बिर लिनमा पनि ब्यस्त देखिन्थे यसरि करिब ३ घण्टा दिल खोलेर सबै जना रमाएका थिए अन्तमा यसरि बेला बेलामा भेटघाट गर्ने बाचाका साथ बिदाईको हात हल्लाउदै बिदा भए I




0 comments :
Post a Comment