English Edition

अस्ट्रेलिया द्वारा २ हजार नेपाली बिद्दार्थिको भिसा प्रक्रिया स्थगित

  उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको गलत ऋणको कागजात बनाएको भन्दै नयाँ दिल्ली स्थित अस्ट्रेलियाली दूतावासले करिब २ हजार नेपाली विद्यार्थीको प्रवेशाज्ञा आवेदन प्रक्रिया स्थगित गरेको छ ।

नयाँ दिल्लीस्थित दूतावासले अस्ट्रेलियन विश्वविद्यालयलाई पत्र काटेर ती विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पक्रिया रद्ध गर्न समेत पत्राचार गरेको छ । अस्ट्रेलिया जान लालायित विद्यार्थीले करिब १ लाख रुपैयाँ खर्च गरेर भिसा प्रक्रिया शुरु गरेका थिए ।नेपालमा रहेका बैंकले स्ट्यान्डर्ड पूरा नगरी मनपरी रुपमा ऋणको कागजात बनाएको जनाउँदै अस्ट्रेलियन दूतावासले भिसा प्रक्रिया रद्ध गर्ने तयारी गरेको छ । दूतावासको तथ्यांकअनुसार करिब २ हजार विद्यार्थीको प्रक्रियाको विषयमा अध्ययन भइरहेको छ ।

map-australiaनेपालबाट अस्ट्रेलिया पढ्न जाने विद्यार्थीको घुइँचो लागेसँगै बैंकले समेत मनपरी रुपमा ऋणको कागजात बनाउन थालेपछि समस्या बढेको स्रोतले बताएको छ।

बैंकको विषयमा शंका बढेपछि दूतावासले तत्कालका लागि सबै विद्यार्थीको भिसा प्रक्रिया स्थगित गरेको हो । दूतावासले नविल, एसबीआईलगायत बैंकबाट मात्र कागजात तयार गर्न आग्रह गरेको छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment