English Edition

अर्सद वारसी उर्फ सर्किट नेपालमा

बलिउड अभिनेता अरसद वारसी नेपाल भ्रमणमा आएका छन्। शनिबार नेपाल आएका वारसी र्याडिसन होटलमा बसेका थिए। ट्रेकिङ गर्न नेपाल आएका उनी अहिले पोखरामा छन्।
  शनिबार उनले यसवर्ष मिस नेपालमा सहभागी भएका प्रतियोगीहरुसँग भेट गरेका थिए। यसअघि उनले सम्पूर्ण नेपाली फ्यानहरुलाई ट्वीटमार्फत धन्यवाद दिएका थिए। 'नेपालका मेरा शुभचिन्तकहरुलाई मलाई नेपालमा स्वागत गरेकोमा धन्यवाद दिन चाहन्छु।'
  नेपालमा रहेका हिमालहरुलाई नजिकबाट नियाल्न नेपाल भम्रणमा आएको उनले ट्वीटरमा लेखेका छन्, 'यसपटक नेपालका हिमालहरु हेर्न चाहन्छु,' गत बिहीबारको ट्वीटमा उनले उल्लेख गरेका छन्।

र्याडिसन होटलकी करुणा मानन्धरका अनुसार उनी एक ट्राभल एजेन्सीमार्फत नेपाल आएका हुन्। उनले वारसी ट्रेकिङको लागि आएको जानकारी दिइन्। अभिनेता वारसीले 'मुन्नाभाई एमबीबिएस', 'लगे रहो मुन्नाभाई', 'काबुल एक्प्रेस', 'जोली एलएलबी', 'डेढ इश्किया', 'इश्किया', 'सलाम नमस्ते' र 'गोलमाल फन अनलिमिटेड' लगायत चर्चित फिल्ममा अभिनय गरिसकेका छन्।
- See more at: http://www.nagariknews.com/entertainment/bollywood/story/16316?utm_source=twitterfeed&utm_medium=twitter#sthash.dtzeSnUI.dpuf
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment