English Edition

मलाई पनि यौन ईच्छा जाग्छ: इन्दिरा जोशी

   कति उमेरमा विवाह गर्ने ? यो सम्बन्धित व्यक्तिले नै निर्धारण गर्ने कुरा हो । किनकि विवाहबारे कानूनी बाध्यता छैन, नैतिक बाध्यता पनि छैन । तर नेपाली समाजको आफ्नै मानक छ । उमेरले २० को दशक काट्न लागेपछि अनेक टिकाटिप्पणी सुरु हुन्छ । त्यसमा पनि कलाकारबारे प्रश्न नउठ्ने त कुरै भएन ।

उध्रेको चोली र रातो घाँघराजस्ता ‘हिट’ गीत दिएकी गायिका इन्दिरा जोशीलाई पनि यस्तो प्रश्न नसोधिने कुरै भएन । गीत गाउँदै कम्मर मर्काउने शैलीका कारण ‘नेपाली साकिरा’ उपमासमेत पाएकी इन्दिराका बुबाआमालाई पनि यस्तै चिन्ताले सताएको छ । त्यसैले उनीहरुले छोरीलाई भनेका छन्, ‘लौ न, अब त बेला घर्किन लाग्यो । तिमीले खोजेको हामीलाई मञ्जुर छ ।’ कट्टर बाहुन परिवारकी इन्दिराका अविभावकको उनीसँग एउटै अपेक्षा छ– केटाचाहिं सकेसम्म बाहुन नै होस् । तैपनि इन्दिराले भने यसमा चासो देखाएकी छैनन् । उनी त अहिले आफ्नो कुनै ‘स्पेसल केटा साथी’ समेत नरहेको दावी गर्छिन् ।

‘तर उमेरसँगै शरीरले पनि सन्तुष्टि खोज्छ नै । यौनइच्छा नै जाग्दैन त ?’ प्रश्नको जवाफमा इन्दिरा भन्छिन्, ‘म पनि मानिस हुँ । मलाई इच्छा त जागिहाल्छ नि ।’

‘अनि कसरी पूरा गर्नुहुन्छ त इच्छा ?’ उनी भन्छिन्, ‘त्यसलाई धेरै चिजले दबाउन सक्छ के केटीमान्छेले । केटीमान्छेमा कन्ट्रोलिङ पावर धेरै हुन्छ नि । म पनि आफ्नो कन्ट्रोल गुमाउन चाहन्न । अझ म त बाहुन समुदायको छोरी हुँ । यहाँको संस्कार निकै कडा छ । यो समुदाय भनेको यस्तो हो, जसमा यौनलाई पनि इज्जतसँग जोडिन्छ । त्यसैले हामी बरु भित्र–भित्र सिक भएर बस्न सक्छौं । भित्र–भित्रै मर्न सक्छौं । तर इज्जत गुमाउन चाहदैनौं, सक्दैनौं ।’

उनको कुराले प्रश्न उठ्छ, ‘अबको पुस्ता त शिक्षित भइसक्यो, यस्ता कुरा मानेर बस्छ त ?’ तर इन्दिरा भन्छिन्, ‘हो, हामी शिक्षित त भइसक्यौं । तर पनि समाजका धेरै कुराले हामीलाई छेकेको हुन्छ । ब्राम्हण परिवारमा अझ त्यो बढी हुन्छ ।’

त्यसो भए इन्दिरा जोशीले आफ्नो इच्छालाई कहिलेसम्म ‘कन्ट्रोल’ गरिराख्छिन् त ? ‘हेरौं, उपयुक्त साथी भेटिएला नि एकदिन ।’ उनले कुटनीतिक जवाफ दिइन् ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment