English Edition

नेपालका जेलमा २९ देशका ८५० बिदेशी कैदी

  नेपालका ३६ जेलमा २९ देशका नागरिक छन् । कारागार व्यवस्था विभागका अनुसार नेपालका ७४ जेलमध्ये ३६ जेलमा आठसय ५० विदेशी कैदी छन् ।
कैदीबन्दीमध्ये सबैभन्दा बढी भारतीय छन् । विभिन्न अपराधको मुद्दामा ६ सय १४ भारतीय नेपाली जेलमा छन् । त्यस्तै भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मनी, पाकिस्तान, इटाली, दक्षिण अफि्रका, नेदरल्यान्ड, इरान, जाम्बिया, नाइजेरिया, लाइबेरिया, भियतनाम, जापान, सियरालियोन, अस्टि्रया, फिलिपिन्स र मोजाम्बिकका नागरिक नेपालको जेलमा रहेको नयाँ पत्रिकामा खबरछ ।
अमेरिका, थाइल्यान्ड, पोल्यान्ड, स्विटजरल्यान्ड, आइभरी कोस्ट, माली, तान्जानियाँ, फ्रान्स र गिनीका नागरिक पनि विभिन्न अपराधमा नेपालको जेलमा परेका छन् ।
भारतपछि सबैभन्दा धेरै भुटानी ९३ जना नेपालको जेलमा छन् । नेपालमा भुटानी शरणार्थीको शिविर भएकाले उनीहरु विभिन्न अपराधमा पटकपटक फक्राउ परी जेलमा जाने गरेका छन् । तेस्रोमा चिनियाँ रहेका छन् । नेपालमा विभिन्न सातवटा जेलमा ३४ जना चिनियाँ नागरिक छन् । डलर, वन्यजन्तु सम्बन्धी अपराध र कल बाइपासजस्ता अपराधमा चिनियाँ पक्राउ पर्ने गरेका छन् ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment