English Edition

हिमाल पारिको जिल्ला मुस्ताङमा सुरु भयो मुस्कान सहितको प्रहरी सेवा तालिम


हिमाल पारिको जिल्ला मुस्ताङमा पनि जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा मुस्कान सहितको प्रहरी सेवा सम्बन्धी दुई दिने अनुशिक्षण तालिम शुरु भएको छ । बुधवारदेखि देशब्यापी रुपमा सुरु भएको अनुशिक्षण तालिम अन्तर्गत हिमाल पारिको जिल्लामा पनि तालिमको शुरुवात भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले आयोजना गरेको अनुशिक्षण कार्यक्रमको मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बावुराम भण्डारीले उद्घाटन गर्दै भ्रष्ट्राचार न्यूनीकरण गर्दै सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्नुनै मुस्कान सहितको प्रहरी सेवा भएको वताउनुभयो ।
प्रहरी प्रशासनले जनतासंग मिलेर कुनैपनि घटनाको समयमानै सत्य तथ्य पत्ता लगाई घटनामा संलग्न पिडितलाई न्याय र पिडकलाई दण्ड दिनुनै आजको मुख्य काम भएकाले त्यस कार्यमा सहयोग पु¥याउन स्थानियहरुले पनि सहयोग गर्नुपर्नेमा उहांले जोड दिनुभयो ।
कार्यक्रममा वोल्दै सामुदायिक प्रहरी सेवा केन्द्रकी सुनकुमारी रसाईलीले जिल्ला प्रहरी कार्यालय मुस्ताङको सहकार्यमा ढिलै भएतापनि सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना गरी समाजमा लुकेर रहेका बिभिन्न किसिमका घटनाहरुलाई प्रहरीको सहयोगबाट सुल्झाउन सहयोग पुगेकोमा खुसी ब्याक्त गर्नुभयो । उहांले मुस्कान सहितको प्रहरी सेवा कार्यक्रमले प्रहरीलार्ई अझै थप जिम्मेवारी थपिएकोले आफ्नो जिम्मेवारी बहन गरी सर्वसाधारण जनतालाई न्याय प्रदान गर्नमा यस्ता कार्यक्रमले टेवा पु¥याउने वताउनुभयो ।
त्यसैगरी नागरिकसमाज तथा रेडक्रस सभापति चन्द्र बहादुर थकालीले प्रहरी प्रधान कार्यालयले मुस्कान सहितको कार्यक्रम ल्याएर अनुशासन भन्दा बाहिर गएका प्रहरीहरुलाई अनुशासनको दायरामा ल्याउने वताउदै प्रहरी प्रशासनमा अझैपनि भौतिक संरचनाहरु पूर्ण रुपमा नरहेकाले त्यसप्रति गृह मन्त्रालयले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा उपस्थित लाई प्रशिक्षण दिदै मुस्ताङ जिल्लाका प्रहरी निरीक्षक चुरा बहादुर कार्कीले प्रहरी जवानहरुले मुस्कान सहितको प्रहरी सेवा भनेर मुसुक्क हास्ने मात्र नभइ सेवाग्राहीलाई सहज ढंगले सेवा दिनुपर्नेमा जोड दिनुभयो । हिमाल पारिको बिकट जिल्ला भएकाले दुइदिने प्रशिक्षण कार्यक्रम दुइदिनमात्र सिमित नगराई जिल्लाभरिका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाइ आगामी जेठ २९ गते सम्म मुस्ताङका सम्पूर्ण प्रहरी इकाइहरुमा पुगी प्रशिक्षण दिइने कार्यक्रम रहेको वताउनुभयो । मुस्ताङ जिल्लामा २ सय ७७ जना प्रहरी कर्मचारीको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment