English Edition

बिश्वकपको दौरानमा ब्राजिलमा फस्टाएको पार्ट टाईम जब बेश्याबृत्ति

    ब्राजिलसहित फिफा विश्वकप २०१४ को मोह संसारभरी छाएको छ । यस्तैमा फिफाको नाममा थुप्रै मानिसहरु कमाई गर्न पनि लागिपरेका छन् । 
सायद तपाईंलाई थाहा नहोला अहिले ब्राजिलमा करिब एक लाख देहव्यापारी मज्जाले कमाई गरिरहेका छन् । जसलाई देखेर धेरै महिलाहरु वेश्यावृत्तिलाई पार्टटाइम कमाई बनाइरहेका छन् । 

      यस्तैमा देश–विदेशबाट थुप्रै महिलाहरु   वेश्यावृत्तिका लागि ब्राजिल आइपुगेका छन् । ब्राजिल सरकारले वेश्यावृत्तिलाई कानुनी मान्यता दिएको अवस्थामा यो व्यापारमा दिन दुगुना रात चौगुना भइरहेको छ । त्यहाँको माहोल हेर्दा लाग्छ कि फिफा पछिको मुख्य आयोजना वेश्यावृत्ति नै भएको भान हुन्छ ।  

           
 देहव्यापार सिजन अनुसार चल्ने गर्दछ र उनीहरु स्वस्थ सेक्सका लागि हरसम्भव प्रयास गर्ने गर्दछन् । यहाँका कलगल्र्स देश–विदेशबाट आएका मानिसहरुसँग कम्तिमा पनि एक रातको ५० हजार रुपैयाँ असुल्ने गर्दछन् ।ब्राजिल पुगेका धेरैजसो विदेशी प्रशंसकहरु आफ्ना लागि एक हप्तासम्मका लागि कलगल्र्स बुक गरिरहेका छन् जसले दिन–रात उनीहरुको सेवा गरिरहेका छन् । विदेशी ग्राहकहरुलाई लोभ्याउनका लागि ब्राजिलको ठाउँ–ठाउँमा उत्तेजक होर्डिङ बोर्डहरु लगाइएको छ ।  
यस्तैमा कलगल्र्सहरु ग्राहकहरुलाई सजिलो होस् भन्नका लागि अंग्रेजी सिकिरहेका छन् । फीफाका दौरान लगभग ६ लाख विदेशी आगन्तुक ब्राजिल आउने गर्दछन् । फीफा होइन सेक्स सर्भिसका लागि आएका ब्राजिल जो मानिसहरु सेक्सका लागि निकै उत्साहित हुन्छन् उनीहरु फीफा कपको सिजनलाई कहिले पनि छुटाउँदैनन् । उनीहरुलाई थाहा छ कि फुटबलको यो महासंग्राममा संसारभरीका महिलाहरुसँग मोजमस्ती गर्न सकिन्छ । 


 यसले नाबालिग देहव्यापारीको संख्यामा वृद्धि भइहेकाले स्थानिय प्रशासन चिन्तित भइरहेको बताइएको छ । छात्राहरुले पनि यसलाई पार्टटाइम जबको रुपमा अंगालेर कमाई गर्न सुरु गरिसकेका छन् । धेरैजसो विदेशी आगन्तुकहरु कम उमेरका देह व्यापारीको नै माग गर्ने गर्दछन् ।

   आफैँलाई वेश्या बताउन हिच्किचाउँदैनन् महिलाहरु फिफाका दौरान ब्राजिलको सडकमा राम्रा लुगाहरु लगाएका महिलाहरु देहव्यापारमा लागेको कुरा अन्दाज गर्न मुश्किल हुन्छ । एक वेश्याका अनुसार कोहि व्यक्ति यदि उनलाई घुरेर हेर्ने गर्दछ भने आफू बेश्या भएको कुरा स्पष्ट भन्ने उनले बताइन् । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment