English Edition

ब्राजिलका समर्थकहरु रंगशालामा नेमारको अनुहारको मास्कमा देखिने

 स्टार स्ट्राइकर नेमारले खेल्न नसक्ने भएपछि ब्राजिलले प्रतिद्वन्दीलाई तर्साउन अनौठो अभियान चलाउने भएको छ। जर्मनीविरुद्व मंगलबार हुने सेमिफाइनलमा ब्राजिलका समर्थकहरु रंगशालामा नेमारको अनुहारको मास्कमा देखिने छन। यसले गर्दा प्यारापिटमा सबै नेमारजस्तै देखिने छन। यसले ब्राजिलको प्रतिद्वन्दीलाई दबाब हुने आशा गरिएको छ।

चोटग्रस्त नेमार यतिबेला घरमा बसेर आराम गरिरहेका छन। उनी जर्मनी र ब्राजिलबिचको खेल समेत घरमा बसेर टेलिभिजनमा हेर्नेछन। नेमार खेल्न नसक्ने भएपछि उनको मास्कमा दर्शक उत्रने उपाय ब्राजिलकै एक दम्पतीले निकालेको हो। उनीहरुले विज्ञापन एजेन्सीसँग कुरा गरेर अभियानलाई थप मजबुत बनाएका छन। ब्राजिल फुटबल संघले पनि यस अभियानलाई प्रोत्साहन गरेको छ। ब्राजिल १२ वर्षपछि विश्वकप उपाधी जित्ने प्रयाशमा छ।- (एजेन्सी)

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment