English Edition

ब्राजिलियन खेलाडीहरुको मनोबल बढाउन अभ्यास मैदानमै मनोचिकित्सक बोलाईयो

   

     विश्वकप फुटबलको क्वाटरफाईनलको तयारीमा रहेको ब्राजिलका प्रशिक्षक लुईज फिलिप स्कोलारीले ट्रेनिङ मैदानमा टिमका मनोचिकित्सकलाई बोलाएका छन् । राउण्ड अफ सिक्सटिनमा चिली विरुद्ध संघर्षपुर्ण जीत हात पारेको ब्राजिलले क्वाटरफाईनलमा कोलम्बियाको सामना गर्दैछ ।

कोलम्बिया विरुद्धको खेलपुर्व खेलाडीहरुको मनोबल  बढाउन स्कोलारीले टिमका मनोचिकित्सकलाई ट्रेनिङ मैदानमै बोलाएका हुन् । घरेलु टीम ब्राजिलका खेलाडीहरुमा मनोवैज्ञानिक दबाब बढ्नसक्ने अनुमान भईरहेको बेला खेलचडीहरुलाई परामर्श दिईएको हो ।

   उता भेट्रान जर्मन प्रशिक्षक ओट्मार हेज्फील्डले फुटबलबाट सन्यास लिएका छन् । जारी विश्वकपमा स्विट्जरल्याण्डलाई राउण्ड अफ सिक्सटिनसम्म पु¥याएका हेज्फील्डले स्विस टोलीको बहीर्गमनसँगै व्यवसायीक प्रशिक्षण करीयरबाट सन्यास लिएका हुन् । ६५ वर्षीय प्रशिक्षक हेज्फील्डले क्लव करीयरमा भने बायर्न म्युनिख र बोरुसीया डर्टमुण्डलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment