नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न श्रीलंकन मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायके आज काठमाडौं फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक कारण देखाउँदै करार अवधि थप्न अस्वीकार गरेपछि पुबुदु झन्डै तीन वर्षको नेपाल बसाइ सकेर क्यानाडा फर्किएका थिए ।
तर, नेपाल सरकारले पुबुदुलाई फर्काउन आवश्यक व्यवस्था मिलाएपछि उनि फेरि नेपाली टोलीको बागडोर सम्हाल्न काठमाडौं आइपुगेका हुन् । युवा तथा खेलकुद मन्त्रालयबाट बोलावट आएपछि पुबुदु काठमाडौं फर्किएको बताइएको छ ।
पुबुदुलाई नेपाल फर्काउनेबारे क्रिकेट संघले भने औपचारिक निर्णय गर्न सकेको थिएन ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुमाझ कुराकानी गर्दै पुबुदुले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले बोलाएपछि आफू काठमाडौं आएको जानकारी दिए । नेपाल अहिले डिभिजन ‘थ्री’को तयारीमा रहेकोले यसैमा आफ्नो ध्यान केन्द्रित हुने पुबुदुको भनाइ छ ।
पुबुदु काठमाडौं आइपुगेपछि एसियाड र डिभिजन ‘थ्री’ क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीमा आत्मविश्वाश बढेको छ । एसियाड र डिभिजन ‘थ्री’को तयारीको लागि यही शनिबारबाट बन्द प्रशिक्षण सुरु हुँदैछ ।
२०६८ साल आश्विनमा पहिलो पटक नेपाल आएका दासानायकेलाई क्यानले अन्तिम पटक तीन महिना मात्रै करार थपेको थियो । क्यानले दासानायकेलाई बिदा गर्ने निर्णय गरेलगत्तै युवा तथा खेलकुद मन्त्रालयले खर्च ब्यहोर्ने गरी दासानायकेको सम्झौता थप्ने बताएको थियो ।
दासानायकेको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता खेलेको थियो भने बंगलादेशमा भएको ट्वेन्टी–२० विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment