English Edition

नायक श्रीकृष्ण श्रेष्ठको निधन


  नेपाली नायक श्रीकृष्ण श्रेष्ठको उपचारको क्रममा नयाँ दिल्लीमा गएराती निधन भएको छ ।
भख्खरै विहे बन्धनमा बाँधिएका नायक उपचारको लागि नयाँ दिल्ली गएका थिए । निमोनियाका कारण गम्भीर बिरामी परेका श्रीकृष्ण विगत तीन सातादेखि दिल्लीमा उपचार गराइरहेका छन् ।

कोहिनुर चलचित्रका निर्देशक आकाश अधिकारीले मृत्युको पुष्टि गरेका छन्

 

तीन दिन अगाडी श्रीकृष्ण श्रेष्ठ र श्वेताले नयाँ दिल्लीबाट एक अडियो पठाएका थिए । सो अडियोमा श्रीकृष्ण श्रेष्ठ निकै सकसका साथ बोलिरहेका थिए । 

श्रीकृष्णले यसो भनेका थिए :

मेरा भगवान्रूपी दर्शक महानुभावहरू, नमस्कार, म श्रीकृष्ण श्रेष्ठलगायत नेपा: मुभिज टिमको तर्फबाट । नेपा: मुभिजले बनाएको पहिलो चलचित्र कहाँ भेटिएलालाई तपाईंहरूले माया गरेर सफलताको शिखरसम्म पुर्याइदिनुभयो । त्यो सफलताको शिखरमा पुगेको चलचित्रको बोझलाई काँधमा राखेर म अघि बढेको छु । तपाईंहरूको त्यही मायाले मैले कोहिनुर नामक चलचित्र बनाउन पुगेको छु । नेपाली चेलीहरूको विषयलाई लिएर देश–विदेशमा सुटिङ गर्ने मेरो एउटा कल्पना, सपना थियो । त्यसलाई साथ दिनुभयो, मेरा निर्देशक आकाश अधिकारीजीले ।

उहाँले असाध्यै मिहिनेत गरेर सिनेमा बनाउनु भा’छ । यसको रिलिज पनि तपाईंहरूसँगै बसेर एकदम जोडतोडका साथ गरुँ भन्ने सोच थियो, त्यो पूरा गर्न सकिनँ, दर्शक महानुभावहरू । र, जसरी कहाँ भेटिएलाको वेलामा मिडियाका साथीहरूले सहयोग गर्नुभएको थियो, त्यसैगरी अहिले पनि सहयोग गरिरहनुभएको छ । उहाँहरूलाई धेरै–धेरै धन्यवाद ।

म नभए तापनि, श्वेताजी नभए तापनि, यो चलचित्र मेरोमात्र होइन, यो चलचित्र तपाईंहरूको हो, हाम्रो हो । त्यसकारण यो चलचित्रलाई आफ्नो सम्झिएर माया गरिदिनुहोस् । बच्चा सम्झिएर काखमा राखिदिनुस् । त्यो नै तपाईंहरूले मलाई दिएको औषधि हुनेछ, माया हुनेछ । मेरो फ्यामिली नेपालमा बसेर तपाईंहरूसमक्ष चलचित्र कोहिनुर उपहार स्वरूप ल्याउन लागिरहनुभएको छ । म लाग्नु र मेरो परिवार लाग्नु एउटै हो । मैँ सम्झिएर उहाँहरूलाई सहयोग गरिदिनुहोला । हलदेखि लिएर, डिस्ट्रिब्युटर, दर्शक, श्रोता, मिडियाकर्मीलाई म रिक्वेस्ट गरिरहेको छु । र, थ्यांक्यु आकाशजी, आकाशजीले एकदम मिहिनेत गरेर यो चलचित्रलाई रिलिज गर्नतिर लागिरहनुभएको छ । त्यसले गर्दा म त्यहाँ भए पनि, नभए पनि, म एकदम ढुक्क छु । चलचित्र जुन रूपमा रिलिज हुनुपर्ने हो, म नभए पनि त्यो भइरहेको छ ।

मान्छेको जिन्दगीमा अप्स एन्ड डाउन, सुखदु:ख आउँछ । त्यही सुख र दु:ख नै जीवनको चौतारी हो भन्छन्, म त्यही चौतारीमा बसिरहेको छु । तर, म तपाईंहरूबाट धेरै टाढा छैन । नजिक नै छु । सायद, फिल्म रिलिज भएको केही दिनमै म तपाईंहरूसँगै सिनेमा हेरेर सुखदु:ख साट्न आउँछु । धन्यवाद, नमस्कार ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment