English Edition

टोकियोमा "क्योदाई फुटसल टुर्नामेन्ट"हुदै

टोकियो:- आउँदो  आइतबार अक्टोबर २६ तारिकका दिन  टोकियोमा क्योदाई रेमिटेन्स द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक्ष सहयात्री जापान जानकारी गराउदछौ "क्योदाई वल्ड कप २०१४"नामांकरण गरिएको उक्त टुर्नामेन्ट कानागावा केन सागामिहारा शी मिनामी कु को शिन्दोमा(सोबुदाईशिता स्टेसनबाट १५ मिनेटको दुरीमा) हुन गैरहेको छ I 
शिन्दोबात जामा फुटसल क्लबमा बिहान ९ बजे बाट शुरुवात गरिने क्योदाई फुटसल टुर्नामेन्टमा जापानमा भएका नेपाली युवाहरु  माँझ चर्चित दुइ टिम क्रमश: टोक्यो ब्रदर्स र गोर्खाली समाज सहित अन्य देशका १४ टिम गरि कुल १६ टिमको सहभागिता रहनेछ I प्रतियोगितामा नेपाल सहित जापान, भारत,बंगलादेश ,भियतनाम ,पेरु र अन्य राष्ट्रका ब्यबसायिक फुटबल खेल्ने खेलाडीहरुले समेत भाग लिने कुरा गोर्खाली समाजका खेलाडी अजय गुरुङले हामीलाई जानकारी गराउनु भयो I 
प्रतियोगितामा बिजेता टिमले नगद ८०००० जापानी येन र ट्रफी दोस्रो हुने टिमले नगद ४०००० जापानी येन र ट्रफी तेस्रो टिमले ट्रफी मात्र र अन्य व्यक्तिगत पदकहरु पनि प्राप्त गर्नेछ I युवा खेलाडीहरुको बर्चस्व रहेको गोर्खाली समाज र टोक्यो ब्रदर्स दुवै टिमले उपाधि नेपाली टिमले नै ल्याउनु पर्छ भनेर दुवै टिम मिलेर मेहनतका साथ अभ्यास गरिरहेको बताए हामीलाई टोक्यो ब्रदर्सका टिम म्यानेजर सचिन श्रेष्ठ ज्यु ले I 
टोक्यो र टोक्यो आसपासका शहरहरुमा बेला बेलामा भैरहने नेपालीले आयोजना गर्ने होस् या विदेशीले आयोजना गर्ने यस्ता फुटबल टुर्नामेन्टहरुमा नेपाली फुटबलर हरुको ठुलो जमात नै लाग्ने गर्दछ यस्तैमा "फुटबल मेरो जिन्दगीको अभिन्न अंग हो"भन्नु हुने अजय गुरुङ भन्नु हुन्छ 'जापानमा म जस्ता फुटबल प्रेमी साथीहरु धेरै छन् हामीहरुको लागि यस्तो टुर्नामेन्ट हुनु भनेको आफुलाई फिट बनाई राख्ने र हाम्रो लागि नया नया टेक्निक सिक्ने र आफ्नो स्किल बढाउने जस्ता अवसर प्राप्त गर्नु हो र हामीले बिदेशी खेलाडी अनि प्रशिक्षक बाट आफ्नो देशको फुटबललाइ कसरि अगाडी बढाउन सकिन्छ भन्ने कुराको पनि सुजाब र सल्ला लिने अवसर पाउनु हो भन्नुहुन्छ उहाँ'I 
टोक्योमा चर्चित नेपाली फुटबल क्लबहरुमा टोक्यो ब्रदर्स ,गोर्खाली समाज  दीप युनाईटेड,नेपाल युनाईटेड, कावासाकी युनाईटेड, मनाङ् युनाइटेड जस्ता क्लबहरुको नाम अग्र स्थानमा आउने गर्दछ I 
     (टोक्यो ब्रदर्स र गोर्खाली समाजका खेलाडी हरुको नामावली )

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment