English Edition

नेपाली मोडल आस्था पोखरेल भारतको चर्चित‘किगंफिसर सुपरमोडल २’को बिजेता बनिन

नेपाली मोडल आस्था पोखरेल भारतको चर्चित किंगफिसर क्यालेन्डरको आवरणमा देखिन भएकी छन् ।
भारतीय च्यानल एनडीटिभी गुड टाइम्सको कार्यक्रम ‘किगंफिसर सुपरमोडल २’ सिरिजकी विजेता बन्दै उनी क्यालेन्डरमा देखिन लागेकी हुन् ।
६ हप्तासम्म चलेको सुपरमोडल सिरिजमा उनले नौ स्वदेशी एबं विदेशी मोडलहरुलाई पछि पार्दै ‘किगंफिसर सुपरमोडल २’ को विजेता हुन सफल भएकी थिइन् ।

अब उनले किगंफिसरले निकाल्न लागेको सन् २०१५ को क्यालेन्डरमा सहभागी हुने अवसर पाउने छिन् ।
क्यालेण्डर गर्ल हुनकै लागि भएको प्रतियोगितमा भिडेका मोडलहरुलाई बलिउड अभिनेत्री नेहा धुपियाले प्रशिक्षण दिएकी थिइन् ।

चार वर्षअघि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी आस्थाले यसअघि ‘एसिया नेक्ट मोडल’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
‘मेरो लागि किंगफिसर सुपरमोडल भएर क्यालेन्डरको एक हिस्सा हुन पाउनु महत्वपूर्ण सपना पूरा भएजस्तो हो ।’ प्रतियोगितापछि प्रतिक्रिया दिँदै उनले भनिन् ।


सन् २००३ देखि सुरु भएको किंगफिसर क्यालेन्डरमा बलिउड अभिनेत्री क्याटरिना केफ, याना गुप्ता, पुनम पाण्डे, दीपिका पादुकोण, नरगिस फाकरी र उज्जवला रावत लगायत अभिनेत्रीहरु सहभागि भइसकेका छन् ।

मोडल पोखरेल यसवर्षको मिस नेपाल प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन् । प्रतियोगितामा उनी उत्कृष्ट पाँच भित्र परे पनि उपाधिविहीन बनेकी थिइन् ।
मिस नेपालमा छानिन नसकेपनि उनी अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्ने सिमित नेपाली मोडलमध्ये पर्छिन् ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment