English Edition

टोकियोमा बहुचर्चित नेपाली चलचित्र "जेरी" प्रदशन हुदै

    पछिल्लो समयमा नेपाली चलचित्र उधोगमा धेरै चलचित्रहरु बन्ने गरे पनि अपबाद मात्रमा 
सफल हुने गरेको छ यी अपबाद चलचित्र मध्ये "जेरी" को नाम अग्रणी स्थानमा आउछ युवा पुस्ताले अत्याधिक मन पराएको यो चलचित्र बक्स अफिस करोड क्लबमा पर्न सजिलै सफल रहयो निर्देशक हेमराज बिसी र मनोज शेरचन निर्माता रहेको "जेरी" टिनएज रोमान्स ड्रामा जेनरमा बनेको चलचित्र हो I 
   नेपालमा सुपरहिट बनेको "जेरी" नेपाल बाहिर बिदेशमा पनि अत्याधिक माग भएको चलचित्र हो जापानमा पनि नेपालीहरुको चाहना र अत्याधिक मागको आधारमा मध्यनजर गरि 'सहयात्री जापान'समूह द्वारा "कला र प्रतिभाको सम्मान गरौं,नेपाली चलचित्रलाई माया गरौं" भन्ने मूल उदेश्यका साथ जनवरी ११ तारिक आइतबार मेगुरो कुमिन सेन्टर हलमा साँझ ६ बजे बाट "जेरी" पर्दशन हुन गैरहेको हजुरहरु समक्ष जानकारी गराउदछौ I 
जापानबासी सम्पूर्ण नेपाली, बुवाआमा  दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्ण मित्रजनहरु बहुचर्चित नेपाली चलचित्र "जेरी"हेर्न आइदिनु हुन् 'सहयात्री जापान' परिवार हार्दिक अनुरोध गर्दछौ I 
जेरिमा युवतीहरुको ढुकढुकी अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुको पनि बेजोड अभिनय रहेको छ I 
"जेरी" नेपालको उत्कृष्ट गन्तब्य मध्ये एक हिमाल पारीको जिल्ला मुस्ताङ्मा छायांकन गरिएको चलचित्र हो I कलाकारहरुको प्रस्तुति,कला,अभिनय र कथाका बाबजुत मुस्तांङ्का प्राकृतिक सम्पदाहरुको मनोरम दृश्यहरुले चलचित्र झन् उत्कृस्ट बनेको छ I 

Note:टोकियोको प्रदशन पश्चात जेरिको प्रदशन फुकउकामा पनि हुदैछ I 
समय: २५ जनवरी साँझ ६:३० बजे 
स्थान:च्युवो सिमिन सेन्टर (आकासाका स्टेशन बाट १० मिनेट )Fukuoka Shi Chyuo Ku Akasaka 2-5-8
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment