English Edition

टोकियोमा "गोर्खाली रनिङ्ग कप २०१५" फुटसल टुर्नामेन्ट

 
 नेपाली नया बर्षको उप्लक्ष्यमा आउँदो अप्रिल १९ तारिक टोकियोमा "गोर्खाली रनिङ्ग कप" फुट्सल टुर्नामेन्ट हुन गैरहेको छ I टोकियोको ओता कु स्थीत अनामोरीइनारीको टोकियो बे फुट्सल क्लबको खेलमैदानमा हुन गैरहेको उक्त फुट्सल टुर्नामेन्ट जापानमा भएका टोक्यो ब्रदर्स,गोर्खाली समाज र क्योदाई रेमिटेन्स मिलि संयुक्त रुपमा आयोजना गर्न लागिएको हो I 
बिहान १० बजे बाट शुरु गरिने उक्त फुट्सल टुर्नामेन्ट जापानमा हुने अन्य टुर्नामेन्ट भन्दा बढी धनराशिको हुनेछ जसमा प्रथम टिमलाइ नगद २२२२२२ जापानी येन(बाइस मान दुइ हजार दुइ सय बाईस येन) ट्रफी,मेडल र प्रमाण पत्र र दोस्रो टिमलाई नगद ९९९९९ जापानी येन ( नौ मान नौ हजार नौ सय उनान्सय) ट्रफी,मेडल र प्रमाण पत्र पुरुस्कार स्वरुप वितरण गरिनेछ साथै उतकृष्ठ खेलाडी,उतकृष्ठ गोल किपर र सर्बाधिक गोलकर्ताको लागि क्रमश नगद पाँच पाँच हजार जापानी येन ट्रफी र प्रमाण पत्रको पनि व्यवस्था गरिएको छ I 
टुर्नामेन्ट बाट उठेको रकमको केहि हिस्सा नेपालमा रहेका असहायहरुलाई सहयोग गरिने कुरा टोक्यो ब्रदर्सका सचिन श्रेष्ठ ज्युले हामीलाई जानकारी गराए I साथै श्रेष्ठ ज्युले जापानमा भएको फुटबल प्रेमीहरुलाई खेलमा सहभागीता लिईदिनु हुन र सो दिन जापानबासी नेपालीहरुलाई खेल मैदानमा आएर सम्पूर्ण खेलाडी हरुलाई हौसला बढाई दिनु हुन येही सूचना मार्फत अनुरोध गर्नु भयो I 

बृस्तृत जानकारीको लागि तलका नम्बरहरुमा सम्पर्क गर्नुहोला :-
Krishna Ghale =08040067600
Sachin Shrestha=09018164767
Bishnu Dahal =08043821166

Note:खेल अवधिमा बिदेशी खेलाडी एक जना मात्र खेलाउन पाइने I 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment