फिल्म फ्लप भएपछि हिरो पनि फ्लप हुनुपर्ने हो । तर, आर्यन सिग्देललाई हेर्दा त्यस्तो लाग्दैन । आर्यनका पछिल्ला तीन फिल्म नाइके, अलबिदा र पुनर्जन्मले पानी पिउन पनि पाएनन् । तर, आर्यनलाई नयाँ फिल्मको ओइरै लागेको छ । बीचमा केही समय सुस्ताएका आर्यन फेरि दुई वर्षअगाडिको जस्तो उचाइमा पुगेका छन् । नयाँ-पुराना सबै फिल्ममेकर उनीसँग झुम्मिन थालेका छन् । उनी हाल नयाँ फिल्म सुश्रीको सुटिङमा व्यस्त छन् भने दिनेश राउतको क्लासिकमा खेल्ने पक्का भइसकेको छ । यसबीचमा उनले प्रसन्न पौडेलको सर्ट फिल्म होक्सेको सुटिङ भ्याइसकेका छन् । आफ्नो डिमान्ड अचाक्ली बढेपछि उनले 'मेरो कारणले फिल्म चल्छ भन्ने लाग्छ भने नलिनूस्' भनेर निर्माता/निर्देशकलाई घुक्र्याए पनि धेरै फिल्म उनकै समयको प्रतीक्षामा छन् । फ्लप हुँदा पनि फिल्मको ओइरो लाग्ने आर्यनको भाग्यलाई चाहिँ मान्नैपर्छ ।
दर्जन फिल्मका गुमनाम हिरो
एउटै फिल्मबाट रातरात स्टार हुने कलाकारको लर्को छ, नेपाली फिल्मवृत्तमा । तर, सुवास मेचे नामका दुई दर्जन फिल्मका हिरो अझ पनि दर्शकमाझ 'मार्क' हुन सकेका छैनन् । मूलधारका हिरोमा उनको गन्ती हुँदैन । प्रायः एक्सन भूमिकामा देखिने यी हिरोको चर्चा सिंगल थिएटरका थोरै दर्शकमा मात्र सीमित छ । पछिल्लो फिल्म किल्लाले पनि सफलताको किला गाड्न सकेन । २९ फागुनमा रिलिज भएको यो फिल्मले अत्यन्त कमजोर व्यापार गर्यो । कतिसम्म भने प्रमोसन करिब शून्य भएकाले कति दर्शकले त फिल्म चलेको पत्तोसम्म पाएनन् । अर्थात्, एक्सन हिरोका रूपमा स्थापित हुने सुवासको सपना यसपटक पनि तुहिएको छ । भाग्यमै नभएपछि कसको के लाग्छ र ?
हिरोइनको आक्रोश
बलात्कारका घटनाले समाज आक्रान्त बनेको छ । सामाजिक सञ्जालदेखि सार्वजनिक स्थान सबैतिर बलात्कारीलाई हदैसम्मको कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ । यस्तो बेला 'ब्रेन ड्रेन' मानिएका हिरोइन निशा अधिकारी कसरी चुप बस्न सक्थिन् ? उनी पनि बलात्कारविरोधी अभियानमा एकजुट भएकी छन् । लुटेराको सुटिङमा व्यस्त निशा गौशालामा भएको बलात्कारविरुद्धको प्रदर्शनमा सक्रिय रूपमा सहभागी भइन् । साथै, उनले फेसबुकमार्फत बलात्कारीलाई कडा कारबाही हुनुपर्ने माग राखेकी छन् । १ चैतमा उनले लेखेकी छन्, 'अपराधभन्दा सजाय धेरै क्रूर हुनुपर्छ ।' साथै, महिलामाथि हुने अमानवीय कार्यविरुद्ध आवाज उठाउन उनको आग्रह छ । यसबाट उनले मनोरञ्जन प्रदान गर्नु मात्र नभई संवेदनशील सामाजिक विषयमा आवाज उठाउनु पनि कलाकारको दायित्व भएको संकेत गरेकी छन् । निशाको यो कदमबाट अरू नायिकाले पनि सिक्ने कि ?
लोभले विलाप
अभिनयभन्दा शारीरिक बनोटको तारिफ गर्दा मक्ख पर्ने हिरोइन धेरै छन्, नेपाली फिल्मवृत्तमा । भलै त्यस्ता हिरोइन दुई-चार फिल्ममै सीमित भएका किन नहुन् ? पछिल्लो उदाहरण हुन्, सुरविना कार्की । डेब्यु फिल्म झेलीमा द्विअर्थी संवाद र भद्दा दृश्यबाट उनले चर्चा कमाउने प्रयास गरिन् । तर, परिणाम उल्टो भइदियो । न फिल्मले पैसा कमायो, न उनले प्रशंसा नै । दोस्रो फिल्म नाइकेले पनि उनको करिअरमा कुनै फाइदा पुर्याएन । यसरी फिल्मी यात्राको सुरुआतमै असफलता खेपिरहेकी सुरविनामा हट देखिने भित्री लोभ रहेछ । त्यसैले त १ चैतमा फेसबुकमा केही खुलेको तस्बिर अपलोड गरिन्, क्याप्सन लेखेकी थिइन्, ' तपाईंलाई के लाग्छ, म हट छु ?' तर, फोटोमा अधिकांश नकारात्मक कमेन्ट आएको छ । प्रकाश थापाले त 'तिघ्रा देखाउँदैमा हट र सेक्सी हुन्छ ?' भनेर प्रश्न गरेका छन् । अर्थात्, हट देखिने उनको चाह फिल्मजस्तै फ्लप भएको छ ।
खतरा टर्यो
रेखा थापाको ब्यानरबाट डेब्यु भएका अधिकांश हिरो मालामाल छन् । आर्यन सिग्देल, सविन श्रेष्ठ, किशोर खतिवडा, आयुष रिजाल यही सूचीमा पर्छन् । तर, सबैको भाग्य कहाँ समान हुँदो रहेछ र ? त्यसो हुँदो हो त नरेन खड्कालाई पनि भ्याइनभ्याइ हुनुपर्ने हो । रेखाकै फिल्म हमेसाबाट फिल्मी यात्रा सुरु गरेका यी हिरोको तीन वर्ष बित्नै लादा पनि अर्को फिल्म रिलिज भएको छैन । नारायण रायमाझी निर्देशित फिल्म परदेशीमा अभिनय गर्ने मौका पाए पनि रिलिजको टुंगो छैन । यसरी मोडलिङबाट करिअर सुरु गरेका नरेन मोडलिङमै सीमित हुने खतरा बढेको थियो । तर, तत्कालका लागि यो खतरा टरेको छ । गोपीकृष्ण मुभिजको नयाँ फिल्म ठमेल डटकममा नरेन अनुबन्ध भएका छन् । राजकुमार शर्माको निर्देशन रहने यो फिल्ममा प्रमोद अग्रहरी र अनुपविक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ ।
वषर्ालाई राहत
नाइँ नभन्नू ल २ मा वषर्ा सिवाकोटीको जति प्रभावकारी भूमिका थियो, त्यसभन्दा ज्यादा चर्चा पाइन् । किनभने, निर्माण पक्षले प्रमोसनमा उनलाई पनि मुख्य कलाकार समान प्राथमिकता दिएको थियो । तर, रिलिजपश्चात् ओझेल परिन् । नाम वषर्ा भए पनि फिल्मको खडेरी पर्यो । डेब्यु फिल्म रिलिज भएको वर्ष दिन बित्नै लाग्दा पनि उनलाई अरू फिल्ममा देख्न पाइएको छैन । कतिसम्म भने नाइँ नभन्नू ल २ को सिक्वेलमा पनि उनी अटाइनन् । म्युजिक भिडियोमै सीमित भएकी छन् । यसरी पहिलो खुड्किलोमै अड्किएकी वषर्ालाई निर्देशक कृष्ण पौड्यालले राहत दिएका छन् । फिल्म हो, सत्या । नारीप्रधान भनिएको यो फिल्ममा वषर्ालाई जीवन लुइँटेलकी जोडीका रूपमा देख्न पाइनेछ । रमाइलो त के हो भने गत साउनमा घोषणा गरिएको यो जोडीको फिल्म रामलीला अझ फ्लोरमा जान सकेको छैन । सत्याको हाल पनि यस्तै त हुने होइन ?

Source: Nepal
0 comments :
Post a Comment