
नेजाको विज्ञप्ति जस्ताको तस्तै :
हृदयघातका कारण ३८ वर्षको अल्पायुमै दिवंगत हुनु भएका युवा पत्रकार सञ्जीव घिमिरेका दुई नावालक बच्चाको पठन-पाठनका लागि अमेरिकामा रहनु भएका पत्रकार साथीहरुले आर्थिक सहयोग संकलन गर्दै आउनु भएको यस नेपाल अमेरिका पत्रकार संघ नेजाको सचिवालयमा जानकारी गराउनु भएको छ । साथै, घिमिरेले सेवा गर्नु भएको संस्था रिपब्लिका मिडियाको नेपाल पत्रकार महासंघ शाखाको तर्फबाट नेजालाई समेत अनुरोध आएकाले अमेरिकामा रहनु भएका पत्रकार साथीहरु र शुभेच्छुकहरुलाई यस कोषमा सहयोग पुरयाउनु हुन नेजा यसै विज्ञप्ति मार्फत सबैलाई अनुरोध गर्दछ | पत्रकार घिमिरेको गत कार्तिक १ गते काठमाण्डौंमा निधन भएको थियो | दिवंगत घिमिरेकी ६६ वर्षीया आमा,श्रीमती र ८ र ३ वर्षका दुई नावालक छोराहरु छन् | परिवारका सबैको लालनपालन र आम्दानी गर्ने एक मात्र सदस्य घिमिरे हुनुहुन्थ्यो |
हामीहरुको सानो सहयोगवाट नेपालमा रहनु भएका पत्रकारका आश्रित परिवारलाई केही मद्दत मिल्ने विश्वास नेजाले लिएको छ । साथै यस कार्यक्रमको लागि हाल बोष्टनमा रहनु भएका मुकेश वरालले संयोजन गरिरहनु भएको जानकारी गराउन चाहन्छौं । स्मरणीय छ, मुकेश वराल सन् २००७ मा गम्भीर दुर्घटनामा परी घाइते अवस्थामा हुँदा नेजाले उहाँको उपचारको लागि पनि आर्थिक सहयोग संकलन गरेर सहयोग गरेको थियो |
यस मानवीय सहयोगमा हातेमालो गर्न इच्छुक सबै सहयोगदाताहरुलाई आ-आफ्नो सहयोग रकम नेपाल अमेरिका पत्रकार संघ (Nepal America Journalists' Association ) को नाममा निम्न ठेगानामा प्रेषित गरिदिनु हुन नेजा हार्दिक आग्रह गर्दछ |
चेक पठाउने ठेगाना :
Mukesh Baral
179 Presidents Lane #2J
Quincy, MA 02169
0 comments :
Post a Comment