बलिउडका चर्चित नायक सलमान खानको छायांकनरत चलचित्र ‘प्रेम रतन धन पायो’मा १३ मिनेट लामो एक गीत समावेश गरिएको छ । यो गीत बलिउडका कुनै पनि चलचित्रमा समावेश सबैभन्दा लामो गीत हो ।

सुरज बडजात्याको अघिल्लो चलचित्र जस्तै यसमा पनि गीतलाई विशेष महत्व दिइएको छ । यो चलचित्रमा ९ वटा गीत छन् । जसमध्ये एउटा गीत १३ मिनेट लामो भएको बताइन्छ । यो गीतको नृत्य निर्देशन अहमद खानले गरेका छन् । उनले यो गीतमा ‘हम आपके हे कौन’को जसरी अन्तरिक्ष नहुने बताउँदै कुनै पनि गीतसँग नजोडिएको बताए ।
यो आफैमा एउटा पुरा गीत रहेको खानको भनाई छ । यो चलचित्रमा सलमान खान राजकुमारको भूमिकामा देखिदैछन् । चलचित्रमा सलमानका अलवा सोनम कपुर, स्वरा भास्कर मुख्य भूमिका छन् । चलचित्र तिहारको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।
अनलाइन खबरबाट
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment