English Edition

शिल्पा सेट्टीविरुद्ध प्रहरीमा उजुरी

कोलकाता–बलिउड अभिनेत्री शिल्पा शेट्टी विरुद्ध कोलकाता पुलिसले जाहेरी दर्ता गराएको छ। कोलकाताको एक कम्पनीले आफूमाथि शिल्पाको फर्मले धोका दिएको आरोप लगाएको छ। एम के मिडिया प्राइभेट लिमिटेडको उजुरीपछि शिल्पाको र्फममाथि धोका दिएको तथा विश्वासघात गरेको विषयमा जाहेरी दर्ता गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
प्रहरीका अनुसार जाहेरीका आधारमा मुम्बईको बान्द्रास्थित एनसेन्सियल स्पोर्टस प्राइभेट लिमिटेड (इएसपिएल) को शिल्पा र रिपु सुदन कुन्द्राविरुद्ध कारवाही प्रक्रिया अघि बढाइएको छ। प्रहरी उच्चयुक्त मुरलीधरका अनुसार एम के मिडिया प्राइभेट लिमिटेडले शिल्पा र अन्य केही मानिस मिलेर दुई करोड रुपैंया क्षति पुर्याएको आरोप लगाएको छ। सुरुमा २ करोड रुपैंया दिनुपर्ने र दुई वर्षपछि दश गुणा बढी दिने प्रलोभन देखाइए ठगी गरिएको दाबी गरिएको छ। 
   शिल्लाले यो विषयमा टि्वटमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छिन। 'क्रेजी न्युजलाई म चुनौति दिन चाहन्छु। यस्तो केटाकेटी खेलेजस्तो आरोप सिद्ध गरोस। म कानुनी सल्लाह लिइरहेकी छु। कसैले मलाई बद्नाम गराउने यो सबै गरिरहेको छ,' शिल्पाले टि्वटरमा लेखेकी छिन्।
Nagarik News 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment