
नायिका मनिषा कोइराला दुई वर्षको लामो अन्तराल पछि फेरी फिल्मी नगरीमा फर्किदै छिन् । उनले आफनो ट्वीटरमार्फत आफु फेरी फिल्ममा कमव्याक गर्न लागेको बताएकी हुन । उनले आफनो केही तस्वीरहरु पनि ट्वीटरमा राखेकी छिन् । उनको तस्वीर सुटिङको पहिलो दिनको भएको जनाइएको छ । उनले तामिल तथा कन्नड भाषामा निर्माण हुन लागेको ‘गेम’ भन्ने फिल्मबाट अभिनयमा फर्केको आफनो ट्वीटर बताएकी छिन् ।आफुलाई पहिलो दिनको सुटिङले फिल्ममा बिताएका पुराना दिनहरुको सम्झना दिलाएको आफनो ट्वीटमा लेखेकी छिन् । पाठेघरको समस्या र असफल भएको वैवाहिक जीवनले गर्दा नायिका मनिषा कोइराला फिल्म क्यारियर बाट टाढा भएकी थिइन ।
एमएआर रमेशले निर्देशन गरेका फिल्म मर्डर मिस्ट्रि कथामा बनेको फिल्म हो । फिल्ममा अर्जुन सर्जा र सामको समेत अभिनय रहने छ ।
0 comments :
Post a Comment