English Edition

एएफसी यू-२३ छनोटका लागि नेपाली टोलीको घोषणा

४ चैत, काठमाडौं । एएफसी यू-२३ छनोट फुटबलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।
प्रशिक्षक ज्याक स्टेफानोस्की र सहायक प्रशिक्षक बालगोपाल महर्ननले नेपाली टोली घोषणा गरेका हुन् । टीमको गोलरक्षकमा एलन न्यौपाने, अमृत चौधरी र विकेश कुथू छन् भने डिफेन्समा मानबहादुर तामाङ, कालु थापा, आचित्य चौधरी, आकाश थापा, अनन्त तामाङ र दिनेश राजबंशी छन् ।
यस्तै मिडफिल्डान जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुशभ मास्के, बिशाल राईका साथै गौरव बुढाथोकी, हेमन गुरुङ, हेमन्त थापा मगर छन् । फवार्डमा बिमल घर्तीमगरसँगै अन्जन विष्ट, विश्वास श्रेष्ठ, अमर डंगोल र राजन विष्ट छन् ।
छनोट चरणको समूह सीमा नेपालसँगै आयोजक इरान, प्यालेस्टाइन, दक्षिण अरेविया र अफगानिस्तान छन् । नेपालले आफ्नो पहिलो खेलमा २३ मार्चमा इरानविरुद्ध खेल्नेछ । २५ मा अफगानिस्तान, २९ मा अरेबिया र ३१ मार्चमा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment