अकल्याण्डमा रोमान्चक खेल
विश्वकप क्रिकेटमा आयोजक राष्ट्र न्यूजिल्याण्डले इतिहास रच्दै फाइनलमा प्रवेश गरेको छ। मंगलबार दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ४३ ओभरमा ५ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो। डि एल नियम अनुसार घरेलु टोलीले २९८ रनको नयाँ लक्ष्य पाएको थियो। इतिहास रच्ने क्रममा न्यूजिल्याण्डले अन्तिम बल बाँकी छँदै विजयी भएको हो।
न्यूजिल्याण्डका लागि ग्रान्ट इलिएटले सर्वाधिक नटआउट ८४ रनको पारी खेले। अफ्रिकाका लागि आक्रमक ब्याटिङ गरेका डेभिड मिलरले १८ बलमा ४९ रन बनाए। यस्तै फाउ डे प्लेसीसले ८२ रनको योगदान दिए। कप्तान एडिभि ब्लेयर्सले ४५ बलमा ६५ रनको पारी खेले।
यसअघि ओपनर हासिम अमला १० क्विन्टन डे कक १४ र रिले रोश्वो ३९ रनमा आउट भए। हालसम्म विश्वकपमा न्युजिल्यान्डले ६ पटक सेमिफाइनलको यात्रा तय गरेपनि फाइनलमासम्म पुग्न सकेको थिएन।
0 comments :
Post a Comment