English Edition

प्रवासीद्वारा महिला प्रहरीलाई स्कुटर सहयोग


2015-03-18 09:58
फलेवास (पर्वत), ४ चैत । झन्डै एक दशकदेखि अस्टे«लियामा बस्दै आएका एक प्रवासी नेपालीले जिल्ला प्रहरी कार्यालय पर्वतको महिला तथा बालबालिका एकाइलाई स्कुटर सहयोग गरेका छन् ।

पर्वतको सदरमुकाम कुस्मा बजारका स्थायी बासिन्दा शङ्कर लामिछानेले महिला तथा बालबालिका एकाइलाई स्कुटी सहयोग गर्नुभएको छ ।

शान्ति सुरक्षामा सबै समय खटिनुपर्ने तर उनीहरु साधनस्रोतमा पुरुष प्रहरीभन्दा कमजोर हुने भएकाले स्कुटर सहयोग गरेको सहयोगदाता लामिछानेले बताउनुभयो । उहाँले टिभीएस कम्पनीको झन्डै रु एक लाख ७० हजार मूल्य पर्ने स्कुटर सहयोग गर्नुभएको हो । “मैले महिला प्रहरीको सक्रियता र महिला हिंसा न्यूनीकरणमा उहाँहरुको काम महत्वपूर्ण हुने भएकाले स्कुटर सहयोग गरेको हुँ” लामिछानेले भन्नुभयो ।

आफ्नो तीजगीतको एल्बम ‘यो मनको चाहना’ विमोचन कार्यक्रममा उहाँले महिला प्रहरी एकाइमा कार्यरत महिला प्रहरी जवानलाई स्कुटरको साँचो हस्तान्तरण गर्दा कार्यक्रमका आयोजक र सहयोग लिने सबै आश्चार्यचकित बनेका थिए । लामिछानेले कसैलाई पनि स्कुटर सहयोग गर्नेबारे यसअघि जानकारी दिनुभएको थिएन ।

जिप्रका पर्वतको महिला तथा बालबालिका एकाइमा १० जना महिला प्रहरी कार्यरत छन् । यहाँ दैनिक चार÷पाँच वटा महिला हिंसाका उजुरी आउने गर्दछन् । रासस
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment