देश सफा राख्नु पर्छ भन्दै सफाई सिकाउँदै हिड्ने धुर्मुस र सुन्तलीले अब अमेरिकम डाइस्पोरामा सरसफाई सिकाउने भएका छन् । राजधानीमा पत्रकार सम्मेलनमा उनीहरुले आफनो अमेरिकाको भ्रमणको बारेमा बताएका थिए । अमेरिकामा हुन लागेको ‘नयाँ वर्ष २०७२ धमाका भाग १’ मा सहभागी हुन यी दुई जोडि सहित केही गायक अमेरिका जान लागेका हुन ।
धुर्मुस र सुन्तलीलाई साथ दिनको लागि गाएक प्रमोद खरेल पनि अमेरिका जाने र त्यहाँ आफुले किक्रेटको बिकासको सहयोग माग्ने उनले बताए । आयोजक संस्था डब्लुबीएमसी नेपालकी कार्यकारी अधिकृत शारदा रेग्मीले कार्यक्रमबाट उठेको रकमले अनाथ र असहायलाई सहयोग गर्ने बताइन ।
आउँदो अप्रिल ४ बाट शुरु हुने धुर्मुस दम्पतीको भ्रमण ३० मे मा टुंगिने भएको छ । गायक पशुपति शर्मा पनि यस टिममा सहभागी हुने भएका छन् ।
0 comments :
Post a Comment