English Edition

रियाल मड्रिड र एफसी पोर्टोे च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

रियाल मड्रिड र एफ.सी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन्।
गएराती सम्पन्न प्रि क्वाटरफाईनलको दोस्रो लेगको खेलमा जर्मनीको शाल्कासँग स्पेनीस क्लब रियल मड्रिड ४-३ ले पराजित भएपनि पहिलो लेगमा २-० ले विजयी भएको हुनाले समग्रमा ५-४ को नतिजा हात पार्दै अन्तिम ८ मा प्रवेश गरेको हो।
गएराती आफ्नै घरेलु मैदानमा रियाल मड्रिडलाई हराउन शाल्काका क्लास यान हन्टेलारले दुई तथा क्रिश्चियन फुस र लिरोए सेनले एक-एक गोल गरेका थिए।
यस्तै घरेलु टोलीका लागि क्रिश्चियानो रोनाल्डोले दुई तथा करिम बेन्जमाले एक गोल गर्दै क्वार्टरफाइनल यात्रा तय गर्‍यो।
यस्तै च्याम्पियन लिगकै गएराती भएको अर्को खेलमा पोर्चुगलको एफ.सी पोर्टोले स्विट्जरल्याण्डको एफ.सी बाजललाई ४-०को एकतर्फी नतिजाले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गर्‍यो।
यसअघि पहिलो लेगमा दुबैले १-१ गोलको बराबरी खेलेका थिए।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment