दुई साताअघि मात्रै बन्दुकधारीहरुको एउटा समूहले डि मारिया बसिरहेको घरमा आक्रामण गरेको थियो । साँझ करिव साढे ७ बजे पत्नी र छोरीसँग खाना खाइरहेका बेला मारियाको घरमा बन्दुकधारी प्रवेश गरेका थिए ।
सो घटनापछि डि मारिया परिवारसहित घर छाडेर होटलमा बस्न थालेका छन् । सुरक्षाको प्रत्याभूति नभएसम्म घर नर्फकने मुडमा रहेका डि मारियालाई हालै उनका साथीहरुले समाधान सुझाएका छन् ।
बेलायती अनलाइन दि सन अनुसार म्यान्चेष्टरकै खेलाडी वायन रुनीले सम्पत्तिको सुरक्षाको जिम्मा भूपू गोर्खालाई दिन सुझाव दिएका छन् ।
भूपू गोर्खाका अगाडी कुनै पनि आक्रामणकारी घरमा प्रवेश गर्न नसक्ने भन्दै उनले उनीहरुको साथ लिन सुझाव दिएको बताइएको छ ।
आफुले पनि सन् २०१० देखि नै भूपू गोर्खालाई सुरक्षाको जिम्मा दिएको भन्दै उनले त्यसो भएमा फेरि आक्रामणको चिन्ता लिन नपर्ने बताएका छन् ।
बेलायती सेनामा काम गरिसकेका र बहादुर गोर्खालीलाई सुरक्षाको जिम्मा दिएपछि आफु र आफ्ना साथी वेष्ट ब्रोम ढुक्क भएको उनले बताएका छन् ।

0 comments :
Post a Comment