
पारसका साथीका अनुसार उनकी प्रेमिका कन्निका च्यान्साई चार महिनादेखि पारसलाई भेट्न गएकी छैनन् । शुरुको एक महिना पारसलाई भेट्न उनी तीनरचारपटक जेलमा गएकी थिइन् । त्यसपछि उनी पारसको सम्पर्कबाट टाढिइन् ।
पारसले प्रेमिका कन्निकालाई ‘लीन’ भनेर बोलाउने गर्थे । उनले प्रेमिकालाई निकै विश्वास गर्ने गर्छन् । तर, वीचमा प्रेमिकाले धोका दिएको र उनैले आफूलाई पक्राएको पारसले सार्वजनिकरुमै गुनासो पोखेका थिए । बैंककमा पारस र कन्निकावीच बेला(बेलामा झगडा परे पनि यो जोडी छुट्टएिको यो पहिलो पटक हो ।
अहिले पारसकी प्रेमिका पारसका साथीहरुसँग पनि सम्पर्कमा छैनन् । पारसले भने अझैसम्म प्रेमिकालाई सम्झन छाडेका छैनन् । भेट्न आउने साथीहरुसँग उनी प्रेमिकाबारे सोधीखोजी गर्छन् ।
स्रोतका अनुसार कन्निका अहिले रुङखाइमा बस्न छाडेकी छिन् । रुङखाइ कन्निकाको पुरानो गाँउ हो ।
0 comments :
Post a Comment