English Edition

"'मेरो योगदानको उचित मूल्याङ्कन भएको छ" :संगीना वैद्य

  सरकारले तेक्वान्दो खेलाडी  संगीना  वैद्यलाई  
१५ लाख रुपैयाँ दिने  निर्णय गरेको छ । बिहीबार  बसेको मन्त्रिपरिषद्को बैठकले संगीनालाई  सो रकम दिने निर्णय गरेको हो।सरकारको निर्णयको स्वागत  गर्दै  संगीनाले आफ्नो योगदानको मूल्यांकन  भएको प्रतिक्रिया दिएकी छन् । 

'मेरो योगदानको उचित मूल्याङ्कन भएको छ, यसले नयाँ खेलाडीलाई थप हौसला दिनेछ,' सरकारले सम्मानस्वरुप १५ लाख दिन गरेको निर्णयबाट खुसीको कुनै सीमा नरहेको बताउँदै चर्चित तेक्वान्दो खेलाडी सङ्गीनाले भनिन् । 
करिव डेढ दशक खेलाडीको रुपमा देशको सेवा गरेकी सङ्गीनाले सरकारको यो कदमले सबै खेलाडीलाई हौसला प्रदान गरेको बताइन् ।  ३६ वर्षीया सङ्गीनाले दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गर्दै दुईवटा स्वर्ण पदक जितेकी थिइन् ।  उनको नाममा एसियाली च्याम्पियनसीपमा स्वर्ण जित्ने एकमात्र नेपाली खेलाडीको रेकर्ड पनि छ । 
१६ वर्षको उमेरदेखि देशको प्रतिनिधित्व गरेकी सङ्गीनाले पाँच वर्ष अघि खेलाडीको रुपमा सन्न्यास लिएकी थिइन् । हाल राष्ट्रिय प्रशिक्षकको रुपमा उनी कार्यरत छिन् । सङ्गीनाले प्राप्त रकमलाई सही सदुपयोग गर्दै व्यक्तिगत आवश्यकता परिपूर्ति गरी तेक्वान्दोकै योगदानमा लगाउने बताइन् ।

'साँच्चै भन्नुपर्दा तेक्वान्दो बाहेकको पेशा गर्ने कुरा म सोच्न पनि सक्तिनँ,' उनले खेलप्रतिको लगाव देखाउँदै भनिन् । 
ओलम्पिक प्रतियोगितामा प्रतिस्पर्धाबाट छनोट हुनेमध्ये थोरै नेपाली खेलाडीमा पर्ने सङ्गीनाले पछिल्लो समयमा खुट्टामा भएको समस्याका कारण महत्वपूर्ण प्रतियोगिताहरु गुमाउनुपरेको थियो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment