English Edition

लेखनाथ नगरपालिका र चीनको उइसीयान नगर बिच भगिनी सम्वन्ध हुने

कास्कीको लेखनाथ नगरपालिका र मित्रराष्ट्र चीनको उइसीयान नगरका बिच भगिनी सम्वन्ध कायम हुने भएको छ । दुई नगरका विच भगिनी सम्वन्ध कायम गर्ने सम्वन्धी आसय पत्रमा आइतबार हस्ताक्षर भएको छ । आसय पत्रमा लेखनाथ नगरपालिकाका तर्फबाट का.वा प्रमुख एवं निमित्त कार्यकार्यकारी अधिकृत रविचन्द्र घिमिरे र उइसीयान नगरका प्रमुख छु चुन हुई ले हस्ताक्षर गरेका छन् । जनवादी गणतन्त्र चीनको उइसीयान नगरका प्रतिनिधिलाई स्वागत एवं कार्यक्रममा बारेमा वोल्दै कावा प्रमुख एवं निमित्त कार्यकारी अधिकृत रविचन्द्र घिमिरेले प्राकृतिक हिसावले समानता रहेका दुई नगरका विच भगिनी सम्वन्ध कायम हुनु ऐतिहासिक घट्ना भएको बताए । घिमिरेले दुई नगरका विच आत्मीय सहयोग र सद्भाव तथा समृद्ध नगर निर्माणका लागि मित्र नगरबाट सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे । उनले आगामी दिनमा दुवै नगरका प्रतिनिधिहरुको भ्रमणले नेपाल र चीनको उइसीयान नगरका विच प्रगाढ सम्वन्ध कायम हुने विश्वास व्यक्त गरे । 
कार्यक्रममा उइसीयान नगरका प्रमुख छु चुन हुईल नेपालको प्राकृतिक सम्पदाले भरिपूर्ण लेखनाथसँग भगिनी सम्वन्धका लागि भएको पहले आफुहरु अत्यन्त खुशी भएको उल्लेख गरे । उनले लेखनाथका प्रतिनिधिहरुलाई आफुहरुको नगरमा स्वागत गर्न आतुर रहेको उल्लेख गर्दै, नेपालीहरुले गरेको स्वागत सत्कार बास्तवमा जनस्तरकै भएको बताए । नगरप्रमुख हुईले लेखनाथ र उइसीयान विच भगिनी सम्वन्ध कायम भएपछि धेरै कुरामा सहयोगको ढोका खुल्ने उल्लेख गरे । 
कार्यक्रममा दुई नगरका विच भगिनी सम्वन्ध स्थापना गराउन मध्यस्थताको भूमिका निर्वाह गर्ने पर्यटन व्यवसायी विश्वशंखर पालिखेले युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको उइसीयान नगर र लेखनाथ विच भगिनी सम्वन्ध स्थापनाका लागि पूर्वाधार तयार भएको उल्लेख गरे । उनले भगिनी सम्वन्धमा हस्ताक्षर गर्न लेखनाथका टोली निकट भविश्यमा उइसीयान जाने उल्लेख गर्दै, प्राकृतिक हिसावले पनि लेखनाथमा धेरै संभावना रहेको बताए । उनले लेखनाथमा प्रत्यक्ष रुपमा विदेशी लगानी भित्र्याउन समेत भगिनी सम्वन्ध कायम भएपछि टेवा पुग्ने विश्वास गरे । 
कार्यक्रममा चीनको फुजियान स्थित उइसीयान नगरका प्रमुख सति ६ सदस्यीय टोली र लेखनाथका प्रमुख राजनितिक दलका प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघका प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment