English Edition

प्रचार सँगै एल्वम बिमोचन

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको हास्यप्रधान चलचित्र ‘अधकट्टी’ को गीति एल्वम विमोचन कार्यक्रम निकै भव्यतापूर्वक सम्पन्न भएको छ । बलिउडमा हुने गरेको ‘पेज थ्री पार्टी’ कै झझल्को दिने किसिमको उक्त विमोचन कार्यक्रमकोे झकीझकाउ र झिलिमिली सहितको प्रस्तुतिले धेरैको ध्यान खिच्यो । नेपाली चलचित्रका नौ जना चर्चित नायिकाहरु करिश्मा मानन्धर, झरना थापा, नीता ढुंगाना, दिपाश्री निरौला, ऋचा शर्मा, प्रियंका कार्की, नम्रता श्रेष्ठ, हर्षिका श्रेष्ठ र शिल्पा पोखरेललाई नवदेवीका रुपमा सम्मान गर्दै उनीहरुको हातबाट चलचित्रका गीतको सि




डी विमोचन गराइएको थियो । काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा नेपाली चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति गराइएको थियो । कुनै उदघोषक बिना चलचित्रका निर्देशक सुव्रत आचार्य र प्रस्तुतकर्ता प्रदिपकुमार उदयले चलचित्रको जानकारी दिदैं कार्यक्रम सञ्चालन गरेका थिए । एलइडी स्क्रिनको पृष्ठभूमीमा दर्शकहरुकै बीचमा एउटा टेबल माथि नायक गौरव पहारी र नायिका रिश्ता बस्नेत देखा परे । चलचित्र ‘अधकट्टी’ को रोमान्टिक गीत ‘ओए ओहो..’ मा उनीहरु भाव सहित नाचे त्यसलगत्तै नायिका अशिष्मा नकर्मी र नायक प्रदिप बास्तोलाले ‘अधकट्टी’ कै चर्चा पाइरहेको गीत ‘फिगर कोकाकोला’ मा ठट्यौली नृत्य गरे भने अर्को गीत ‘मनी मनी’ मा रिस्ता र गौरवसंग फेरी नाचे ।
अन्त्यमा नृत्याङ्गना कृपा बज्राचार्यले ‘हे नम्रता’ गीतमा आकर्षक नृत्य गरिन् र उनलाई साथ दिदै नायिका नम्रता श्रेष्ठ र विल्सनविक्रम राई पनि मञ्चमा उक्ले । 
राजन इशानको संगीत र बसन्त सापकोटाको अतिथि संगीतमा पा“चवटा गीत रहेको चलचित्र ‘अधकट्टी’ मा विज्ञापन व्यवसायी रंजित आचार्यले तीनवटा गीत रचेका छन् भने बा“की गीतमा किरण माइकल र विजय अधिकारीको शब्द रहेको छ । ती गीतहरुमा राजन इशान, प्रल्हाद तिमिल्सिना, निशा देशार, सुवानी मोक्तान र जोनिशा पौडेलको स्वर रहेका छन् । ‘अधकट्टी’ को एउटा गीत ‘फिगर कोकाकोला’ ले हाल निकै चर्चा पाइरहेको छ ।  

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment