English Edition

०७१ सालका चार हिट फिल्म

कोहिनुर
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको यस फिल्मले अपेक्षा गरेको भन्दा राम्रो आम्दानी गरेको थियो । साउन २३ गते रिलिज भएको यस फिल्मका नायक श्रीकृष्ण श्रेष्ठको साउन २४ मा निधन भएको थियो । पारिवारिक फिल्म को संज्ञा दिइएको यस फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन । फिल्मले राजधानीका केही हलहरुमा ५१ दिन समेत मनाएको थियो ।
कबड्डी 
बैशाख १२ गते रिलिज भएको यस फिल्मलाई कमेडि फिल्मको संज्ञा दिइएको थियो । दयाहाङ राई र निर्माता निश्चल बस्नेतको हिमाली भेगको कथावस्तुले फिल्मलाई अझ स्वादिलो बनाएको थियो ।  फिल्मलाई रामबाबु श्रेष्ठले निर्देशन गरेका हुन भने फिल्मको निर्माण निश्चल बस्नेतले गरेका हुन । फिल्ममा दयाहाङ राई, रिष्मा गुरुङ  राजन खतिवडा, निश्चल बस्नेत लगायतका कलाकाहरुको अभिनय रहेको छ ।









जेरी 
प्रेम कथामा आधारित यस फिल्मलाई पुरानो हिन्दी फिल्म आनन्द को कपि पनि भनिएको थियो । फिल्ममा अनमोल केसी र नवनायिका आना शर्माको लभ क्यामेस्ट्रि देखाइएको छ । यसै फिल्मबाट अनमोल र आना बीच प्रेम बसेको भन्ने हल्लाले पनि निकै चर्चा पाएको थियो । फिल्मलाई हेमराज बिसी ले निर्देशन गरेका हुन ।









हिम्मतवाली 
पहिला निर्देशक श्याम भट्टराई सँग यो फिल्म मिलेर बनाउने घोषणा गरेकी नायिका रेखा थापाले उनलाई आउन गरी फिल्मको सबै जसो जिम्मा आफुले नै लिएकी थिइन । सधै नयाँनयाँ नायकलाई आफनो फिल्ममा खेलाएर चर्चा बटुल्ने नायिका थापाले यस फिल्ममा भने दुबै हात नभएका सुर्दशन थापालाई आफनो नायक बनाएकी थिइन । मल्टिप्लेक्स हलमा खासै ठाउँ नपाए पनि सिंगल स्क्रिनमा भने थापाको फिल्मले राम्रो ब्यापार गरेको थियो ।







Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment