
रंगकर्मी तथा गितकार भोला अधिकारीको शब्द रचनामा पुर्बेली लोक गित ‘धरान भेडेटार’ बजारमा आएको छ । नयाँ बर्षको उपहार स्वरुप उत्त पुर्बेली लोक ल्याएको भोलाले बताए । नाटक क्षेत्रमा क्रियाशिल रहेका भोला अधिकारी गीत संगितमा आउन थालेका छन् । सीता खपाङ्गी मगरको प्रस्तुती रहेको धरान भेडेटारमा पुर्बेली ठेट शब्दहरुलाई समेटिएको गायिका सीताले बताईन । भोलाले यस अघि पुर्बै मोरङको पुर्वेली लोक गीत ल्याएका थिए भने म्युजिक भिडियोमा अभिनय र निर्देशन गरेका थिए । यस एल्वममा गायक बुद्ध बहादुर खत्री र सीता खपाङ्गी मगरको रहेको छ । यस गीतलाई अनिता खत्रीले संगित दिएकी छिन् । धरान भेडेटार लोक भाकालाई संगित संयोजन केबी भण्डारीले गरेका छन् । यस गिती संग्रहमा एक वटा मात्र गीत रहेको छ । धेरै गीत राखेर पनि चल्ने एउटै भएका कारण एक वटा मात्र गीत राखिएको सीताले बताईन् । यस गीतको म्युजिक भिडियो बनेको र चाँडै सार्वजनिक गर्ने भोलाले बताए । यस गीती संग्रहलाई अनिता म्युजिक सेन्टरले बजारमा ल्याएको छ ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment