नेपालका पुर्व कप्तान बिनोद दासले अन्तराष्ट्रिय खेल जीवन बाट सन्यास लिएका छन् । अस्टे«लियन खेलाडि फिलीप ह्युज को सम्झनाका लागि काठमाण्डौंको किर्तिपुर मैदानमा आयोजना भएको खेल मा अब यो खेल नै आफनो अन्तिम खेल हुने उनले बताएका थिए । गत शनिवार भएको उक्त खेलमा बिनोदले निलो टिमको नेतृत्व गरेका थियो । उनले गत मगंलवार भएको पत्रकार सम्मेलनमा आफनो सन्यास घोषणा गर्न उचित समय पनि यही खेल हुने बताएका थिए । उनले आउने नयाँ पुस्ताको लागि अब बाटो खुल्ला भएको र नयाँ पुस्ताले हामीले गरे जस्तो गर्नु पर्ने बताएका थिए । करिब १७ वर्षको यात्रामा धेरै उपलब्धि हासिल गरिसकेका बिनोदले बिश्वकप खेल्न नपाउनु आफनो जीवनको सबै भन्दा दुखद क्षण भएको बताएका थिए ।सन् १९९७ मा हङकङमा भएको एसीसी अण्डर नाइन्टिन प्रतियोगितबाट बिनोदले आफनो खेल जीवनको शुरुवात गरेका थिए । २००५ देखि २००८ आठ सम्म उनले नेपाली टिमको कप्तानी सम्हालेका पनि थिए । सो कप्तानीमा नेपालले पहिलो ठुलो प्रतियोगिताको उपाधि रुपमा २००५ देखि २००६ एसीसी प्रिमियर लिगको तिन दिवशीय उपाधि पनि जितेको थियो । चोटका कारण दास २०१२ को एसीसी ट्रफि देखि नेपाली टोलीमा सामेल पनि थिएनन् । दास नेपाल क्रिकेट सँघ क्यानले सँचालन गर्दै आएको नेपाल क्रिकेट एकेडेमीका प्रशिक्षक समेत थिए ।
0 comments :
Post a Comment