English Edition

सरुभक्तको ‘बाङ्गा टिङ्गा धर्साहरू’ बजारमा

नेपाल संगीतनाट्य प्रतिष्ठानका कुलपति सरुभक्तको नयाँ कृति ‘बाङ्गा टिङ्गा धर्साहरू’ बजारमा आएको छ । यस कृतिमा विभिन्न कालखण्डमा लेखिएको लेखकका तीस संस्मरणहरु छन् । पागल बस्ती उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरेका उर्जाशिल साहित्यकार हुन् सरुभक्त । उपन्यास होस् या गजल, नाटक होस् या कविता, संस्मरण होस या निबन्ध—सबै विधामा उनले हात चलाएका छन् । नेपाली विज्ञान कथामा त उनी एक्ला नक्षेत्र हुन । उनका तीन दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् ।  ‘बाङ्गा टिङ्गा धर्साहरू’ केही छोटा केही लामा संस्मरणात्मक निबन्धको सङ्ग्रह हो । यस सङ्ग्रह मार्फत लेखक आफ्नो मदन पुरस्कार प्राप्त कृति ‘पागलबस्ती’ को पृष्ठ भूमिमा पुग्छन्, ‘चुली’ को रचना गर्भमा पस्छन्, विज्ञान साहित्यको उडान भर्छन्, आफूलाई प्रत्यक्ष–परोक्ष रूपमा प्रभाव पार्ने भूपी शेरचन, बादल सरकार, धुस्वाँ सायमीहरु सँगको अनुभव पोख्छन्, आफ्नो साहित्यिक यात्राको गोरेटो नाप्छन् र प्रियजनहरूको सम्झनालाई सुमसुम्याउँछन् । पुस्तकमा सङ्गृहीत रचनाले पाठकलाई फरकफरक स्वाद पस्कन्छन्, साहित्यका सबै विधामा हात चलाएका ख्याति प्राप्त साहित्यकारको रचना प्रक्रिया बुझ्न सघाउँछन् । पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो । पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको छ । 




Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment