गत बैशाख १२ गतेको भुकम्पले पारेको असर र क्षतिले विश्वभरी नै त्रासदीपूर्ण चर्चा र सहयोगी भाबनाहरूले ब्यप्तरह्यो | जुन हालका दिनसम्म छ र भोली कहीलेसम्म हुन्छ थाहा छैन | तर यो दिर्धकालसम्म नरहोस् भन्ने भावना हरेक नेपालीको मन मस्तिष्कमा अब उब्जनु जरूरी छ।
संसारमा सधै मागेर र अरूले दिएर कुनै देश बिकसित भएका होईनन्। हरेक दुःखका पछाडी त्यही देशका मानिसहरूको कडा परीश्रम र निरन्तर मेहनतले गर्दा विकसीत भएका हुन् | जो तपाई हामीहरूको मन मस्तिष्कमा सधै सपनाका देशहरू भएर रहेका छन् । आज हाम्रो देश नेपालले त्यही बाटो पर्खेर बसेको छ। समयले सानातिना परिवर्तनहरू हुदै गरे तर नेपालीहरूको प्रवृतिमा परिवर्तन ल्याउन सकेन | परीश्रम र मेहनेती बन्नु पर्छ भन्ने सिके तर ब्यबहारिक रुपमा उतार्न सकिएन। नेता र कार्यकर्ता उत्पादन गर्ने कारखानाहरू प्रशस्त खुले तर रोजगारी सृजना गर्ने कारखानाहरू पछिल्ला परिवर्तनहरूले बन्द गर्दै गए । शिक्षित बेरोजगारी उत्पादन गर्ने बिश्वबिद्यालय प्रशस्त खुल्दै गए | जसको परिणाम कनीकुथी शिक्षित त बनाईयो तर ब्यबहारिक बनाउनेमा ध्यान दिईएन। यसैको परीणाम यो प्राकृतिक संकटमा पनि यदाकदा चर्चित हुनका लागी कार्य गर्नेहरूको लस्करै देख्न र सुन्न पाईयो | लाखौका संख्यामा राहतका सामान वितरण गरेका तस्विरहरु सामाजिक संजालहरूमा देख्न पाईयो तर राहत नपाएका स्वरहरू त्यो भन्दा बढी दिनहुँ समाचारमा आई नै रहे | राहत बितरणमा सरकारले एकद्धार प्रणाली लिन खोज्यो जुन आफैमा राम्रो कदम थियो तर सफल भएन | जहाँ सरकार भन्दा राहत लिएर जाने ब्यक्तिहरू बलिया

देखियो | राजनीति होस या गैर राजनीति, सरकारभन्दा माथी कोही नहुनु पर्ने हो तर भयो र देखियो। संकटमा सरकारले मात्र सबै गर्न सक्दैन | हामीले सरकारलाई सहयोग गर्न राहत लिएर पिडीतकोमा जादैछौ भन्दै गर्दा जति उत्तम हुन्थो त्यो भनिएन | राहत बितरणका सहयोगी हात र साथहरूले उल्टो सरकारलाई के के भनियो | देशको दुई चार बस्तीमा पुगेर दुईचार दिनको लागि राहात वितरण गर्नेहरुले सरकारलाई सत्तोसराप गरेको देखियो | यसले उनीहरुको नैतिक धरातल स्पस्ट भयो | आखिर सरकारलाई त्यस्तो छुट छैन जस्तो मौषमी समाजसेवीहरुलाई छ | देश प्रेमको राग अलाप्नेहरु आज कहाँ छन् ? थाहा छैन तर सरकार तिनै पीडितहरुको वरिपरी घुम्दै नै छ | आवेशमा जे पनि बोल्ने हरुले के सोचेका छन् थाहा छैन | तर यस्ता कार्यले अब त्यही सरकार समक्ष आफ्ना मागहरू उठाउने नैतिक आधारको बाटो पनि हराएको कुरामा दुई मत छैन | सजिलोमा आफू खुशी गर्ने अनि अप्ठेरोमा सरकारको मुख ताक्ने ? संसारमा यस्तो कहाँ छ ? हामी सबै नेपालीले ठण्डा दिमागले सोच्ने बेला भएको छ | सरकारले गरेका हरेक काममा असहयोग र आलोचना गर्ने बानीले गर्दा पनि सरकार सक्षम र गतिशील बन्न नसकेको हुनसक्छ | अब सहयोग गरेर हेरौं ! यो सहयोग गर्ने सुबर्ण अवसर पनि हो | सरकार सरकार नै हो आफ्नो कर्तब्य नछोड्ला ! अर्को तर्फ बैशाख १२ गते पछी सबै नेपाल मा रहेका नेपाली मात्र हैन नेपालमा रहेका विदेशीहरू पनि भुकम्प पिडीत भएका छन् | कसैको घर भित्र बास बस्ने अबस्था रहेन ,सबैलई गास,बास र कपासको आवश्यकता पर्यो त्यो नेपालले मात्र हैन | यस्तो बिपदमा विश्वका अतिविकशित देशमा भएपनि समाधान गर्ने शक्ति र सामर्थ किन्चित हुने थिएन | फरक यति हुन्थो होला, बिकसित देशले केही समयमा सिस्टम मिलाएर सबै नागरिकलाई समान राहत बितरण गर्थो होला | नागरिकको गुनासो पनि सकरात्मक हुन्थ्याे होला | मिडीयाहरू सकारात्मक हुन्थे होलान | बिकासोन्मुख देश भएर होला हाम्रो देसमा ९९ प्रतिसत सबै उल्टो भयो कसैले सन्तुष्टी र साहनुभुतिका स्वर सुनाएनन्। राहत जे जसरी पाए पनि नेपाल सरकारको नामबाट नपाउदासम्म पाएको अनुभुति कुनै जनताले गरेनन् | सबै व्यक्ती, संघ सस्थाले दिएको राहत ब्यक्तिगत अनुदान पाएजस्तो भयो। राहत दिनेसंग संस्थाका उपस्थित ब्यक्तीहरूलाई फुलमाला लगाउदै गर्दा सर्बसाधारणले असन्तुष्टीका स्वरहरू सरकार माथि पोखे |यो अनुभुति राहत लिएर जाने सम्पुर्ण सहयोगी महनुभाबहरूले पनि गर्नु नै भयो होला। गलत त सरकाले गर्यो होला किनकी सबैलाई एकत्रित गरी आफ्नो प्रशाशनिक दक्षता देखाउन सकेन | सबै सहयोग गर्ने भाबनाका नेपालीहरू पनी आफ्नो सरकारलाई सहयोग गर्ने भन्दा बढी अबिश्वास गरी आफै बाड्न लागे त्यो पनी केही हदसम्म सही मानौ किनकि सरकारको संयन्त्र कुशल देखिएन | विपदमा जसरी हुन्छ दिनु पर्यो भन्नु पनी राम्रो हो। धमिलो पानिमा माछा छोप्ने अबसर सबैले लिन खोज्दा रैछन | विदेशमा बस्नेहरूलाई के नै रहर छ र एक दुई दिन फुलमाला लगाएर पुन फर्कनु नै हो तर नेपाल मा सधै समाजसेवा गर्ने बिशुद्ध भाबना भएका राजनैतिक दलहरूलाई यो प्रकृर्ति प्रकोपमा पिडीतहरूलाई राहत र भग्नावषेस खण्डहर भएका भौतिक संरचनाको पुननिर्माणको सोच बनाउने तर्फ भन्दा पनी अरू सामान्य अबस्थामा जस्तै चौबिसै घन्टा सत्ता परिबर्तन को खेलमा लाग्दा जनता पर्ति उत्तरदायी भन्दा नितान्त स्वार्थ पुर्तिमा हुर्कियको राजनिती भयो। नेताहरू स्वच्छ राजनीति र राष्ट्र निर्माणमा भन्दा नेपालको राजनीतिक वाताबरण जहिले पनी दुषित बनाउने अनी सत्ताको खेलमा मात्र लाग्ने भएपछी जनबिश्वास कसरी कायम हुन्छ? यही मारमा सधै नेपाली जनता परे। बिश्वासको राजनितीमा भन्दा बाध्यताको राजनितीमा जनतालाई राखियो तेसैले त आशातित परिबर्तनहरू नहुदापनी जनता सधै तिनै ब्यक्तीहरूलाई चुन्नुपर्ने बाध्यतामा भयाे। जे होश यो महाबिपत्तिमा नेताहरू बाताबरण धमिलो बनाई माछा मार्ने दाउपेचमा नलागी ,सत्तामोह त्यागी दिर्धकालिन योजना सहित राष्ट निर्माणमा लागे भने जनता बिचमा गुम्दै गएको राजनैतिक साख पुर्नजिबीत हुनेछ। देशले बिकासको उदाहरणीय नमुना बिश्व सामु स्थापित गर्न सक्नेछ। नेपाली को शिर सगरमाथा झै अटल देखीने छ। प्रकृर्ती र मनका धनी हामीहरू अरूको लागी लडेर त बिर गोर्खालीको नामले बिश्व बिख्यात भईयो अब यकपटक आफ्नै देशको लागी लड्ने प्रयास गरौ |सदियौ सम्म आफ्नो नाम र काम बिश्वलाई उदाहरणीय बनाएर बस्न सकौ।

0 comments :
Post a Comment