नेपथ्यले न्युयोर्कमा गर्ने भनिएको लाईभ शोको तयारी सकिएको आयोजकले बताएका छन |"कलाकार आउनेदेखि बल रुममा सजावट गर्ने सम्मका सबै काम सकिएको छ" लुम्बिनी इन्टरनेशनल इन्कका विश्व शाहले द नेपाल टुडे डट कामका सम्पादक तथा हाम्रो नेपाल डट काम का सल्लाह्कार लाई जानकारी दिनुभयो |
न्यूयोर्कको म्यानहटन सेन्टरस्थित ह्यामस्र्टेन बलरुममा नेपथ्यले आफ्नो बहुप्रतिक्षित लाईभ शो गर्न लागेको हो |"कलाकारहरुले कार्यक्रम स्थल हेर्नुभयो | सनिबार १२ बजेबाट सेटिंग शुरु हुन्छ | साँझ ६ बजे डोर ओपेन हुन्छ | ८ बजेदेखि कार्यक्रम शुरु हुनेछ र १० बजे सकिने छ |" विश्व शाहले कार्यक्रम को तालिका बताउनु भयो |
अमेरिकाका विभिन्न राज्यमा रहेका नेपथ्यका फ्यानहरु शुक्रबारदेखि नै न्युयोर्कका विभिन्न होटेलहरुमा आएर बसेको जानकारी द नेपाल टुडे डट कामका सम्पादक तथा हाम्रो नेपाल डट काम का सल्लाह्कार लाई प्राप्त भएको छ |
लुम्बिनी इन्टरनेसनल इन्कसँगको सहकार्यमा ओडीसी इन्टरटेन्मेन्टले न्युयोर्कमा नेपथ्यले उक्त शो गर्न लागेको हो |लाइभ कन्सर्टका लागि नेपथ्यका अमृत गुरुङ सहितको ६ जनाको टोली र नेपालयका किरण श्रेष्ठ र अर्पण शर्मा सहितको ४ जनाको टोली आफ्नो काममा जुटिसकेको छ |नेपथ्य टोलीले यसअघि ११ वर्ष पहिले एरिजोनाको फिनिक्समा पहिलोपटक आफ्नो कार्यक्रम प्रस्तुत गरेको थियो।३५ सय दर्शक क्षमता रहेको उक्त हलमा कन्सर्टका निम्ति म्यानहटन सेन्टर बक्सअफिसको काउन्टरमा नेपथ्यको टिकट विक्री सुरू भइरहेको छ। आयोजकले झन्डै २५ सय दर्शकको उपस्थिति रहने अनुमान लगाएका छन् |अमेरिकाको साँगीतिक यात्रालाई नेपथ्यले ‘म्यूजिक फर युनिटी’ (एकताको निम्ति संगीत) नाम दिएको छ।
"देशभित्र होस् वा परदेशमा जता पनि नेपाली समाज असाध्यै विभाजन हुँदैगएको मैले पाइरहेको छु," न्युयोर्क आउनु पूर्व काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अमृत गुरुङले भनेका थिए, "हामी एक भएमा मात्रै बलियो बन्न सक्छौं भन्ने सन्देश बोकेर म त्यता जानेछु।"

0 comments :
Post a Comment