English Edition

मोदीको गृहनगरमा ८ को मृत्य, पाँच सहरमा कर्फ्यू

एजेन्सीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरात दंगामय भएको छ । दंगा  बढ्दै गएपछि सरकारले त्यहाँका पाँचवटा सहरमा कर्फ्यू लगाएको छ ।

त्यहाँ भएको हिंसात्मक झडपमा  ८ जनाले ज्यान गुमाइसकेका छन् । समाचार अनुसार त्यहाँका राज्यका ५ वटा सहरमा कर्फ्यू लगाइएको छ भने मोबाइलबाट एसएमएस पठाउन पनि प्रतिबन्ध लगाइएको छ । केही दिनदेखि गुजारतमा इन्टरनेट सेवा ठप्प छ ।

प्रशासनले अहमदाबादका नौवटा प्रहरी कार्यालयको क्षेत्र र  सुरत तथा मेहसाणामा पनि कर्फ्यू लगाइरहेको छ।  त्यसैगरी नवसारी र कडीमा पनि बुधबारबाट कर्फ्यू लगाइएको छ ।

सुरतमा बुधवार राति मानिसको भीडलार्इ तितरिबतर गर्ने क्रममा प्रहरील अश्रु ग्यास हानेको थियो । सो क्रममा उग्र भएका प्रदर्शनकारीले एक सपिङ मलमा तोडफोड गरे ।

त्यसैगरी एउटा बस समेत जलाइएको छ । प्रदर्शनकारीले रेलको स्टेशनमा पनि तोडफोड गरेका छन् । जसका कारण दिल्लीबाट अहमदावाद आउने रेल पनि बाटैमा रोकिए ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment