विदेशियका युवाहरुको पीडालाई बिषयवस्तु बनाई निर्माण गरिएको समयसान्दर्भिक गीत ‘यस्तै छ कहानी परदेशी’को भिडियो सार्वजनिक गरिएको छ । जापानको राजधानी टोकियोमा छायांकन गरिएको यो भिडियोलाई बिनोद भण्डारीले निर्देशन गरेका हुन् ।
युवा सर्जक नारायण कंडेलको मार्मिक शब्द सिर्जना, शिव सुवेदीको संगीत रहेको यस गीतमा गायक प्रकाश सपूतको सुमुधुर आवाज रहेको छ । बिरानो मुलुक, नजानिदो भाषा र फरक संस्कृतिका कारण आफुले भोग्नुपरेको दुःखकष्टका कारण बढ्दो मानसिक तनावले निम्त्याएको समस्यालाई गीतमा प्रस्तुत गरिएको छ ।भिडियोमा गायक प्रकाश सपूत, सूर्य खड्का र बिनोद भण्डारीको अभिनय रहेको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment