माओबादी छाडेका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफु भारतको एजेन्ट नभएको प्रष्ट पारेका छन् | उनले भने, "मलाई पटक पटक भारतको मान्छे भन्ने आरोप लाग्दछ तर म भारत परास्त मान्छे होइन |"
नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योगग्राममा आयोजित छलफल कार्यक्रमममा बोल्दै भट्टराईले भने, "‘रअ’ को कार्यकारी नै बाबुराम हो भन्नेसम्मका निकृष्ठ बचन सुनेको छु । यी सबै झुट हुन ।"
आफुले एमाओवादी पार्टी परित्याग गरेको विषयमा कार्यकर्ता र जनतालाई जानकारी गराउन जिल्ला दौडाहामा निस्किएको समेत बताएका थिए ।
बाबुरामले एमाओवादीलाई अब सुधार गर्नै नसक्ने समेत बताए । बाबुरामले भने, "एमाओवादीलाई अब यो भन्दा सुधार्न सक्दैसकिँदैन र नसुधरिने पार्टीमा बसेर जनतालाई देश र विषय वा चेतना साटने संघर्ष गर्ने अवस्था नै थिएन । त्यसैले बाहिर विभिन्न दलमा रहेका वा स्वतन्त्र रहेका साथीहरुसँग सल्लाह छलफल गरौं र निचोडमा पुगौला भन्ने चाहना र उद्देश्य मेरो हो ।"
उनले प्रचण्डको नाम त लिएनन तर भने,"पार्टीमा हालीमुहाली गर्दै रहेका केही उच्च खराब नेतृत्वको कारण एमाओवादीलाई सुधार्न सकिँदैन भन्ने ठहर गरेर मैले पार्टी र सांसदबाट राजीनामा दिएको हुँ ।"
"जनयुद्धका बेला पार्टीले मार्ने सम्मको योजना बनाएको हुन्थ्यो | थाहा पाउदपाउदै पनि पार्टी छाड्न सकिन तर अब अति भो र पार्टी छाडे |"
नेकपा माओबादी पार्टीको सान्दर्भिकता सकिएकाले पार्टी परित्याग गरेको भट्टराईले बताएका थिए | कार्यक्रममा उनका धेरै समर्थकहरुको उपस्थिति थियो |
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment