English Edition

सक्रिय राजनीतिमा फर्कन्न: निवर्तमान राष्ट्रपति डा. यादव

निवर्तमान राष्ट्रपति डा.रामवरण यादवले आफू सक्रिय राजनीतिमा नफर्कने बताएका छन्।

ललितपुरको बागडोलस्थित सरकारले उपलब्ध गराएको निवासमा प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै निवर्तमान राष्ट्रपति यादवले सो कुरा बताएका हुन्।

हिमाल, पहाड, तराई जहाँ बसे पनि एकताबद्ध भएर बस्नुपर्ने उल्लेख गर्दै उनले दौरा, सुरुवाल र ढाका टोपी लगाएर आफूले तराई, पहाड र हिमाललाई जोड्ने काम गरेको उल्लेख गरे। निवर्तमान राष्ट्रपति डा.यादवलाई निवास प्रवेश गर्दा नेपाली कांग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्य, कांग्रेस काठमाडौं सभापति एवम् सांसद भीमशेनदास प्रधान, सांसद चन्द्र महर्जन र किरण यादवले स्वागत गरेका थिए।

त्यसैगरी निवासमा उपस्थित स्थानीयवासी सुभेच्छुकहरूले पनि निवर्तमान राष्ट्रपति डा.यादवको स्वागत गरेका थिए। सरकारले ललितपुर उपमहानगरपालिका वडा नं ४ स्थित विष्णुदेवी हाइट (बागडोल) मा रहेको रवि विष्टको घरमा प्रथम राष्ट्रपति डा.यादवको निवासको व्यवस्था गरेको हो।

 उक्त भवन दुई रोपनी दुई आना क्षेत्रफलमा निर्मित साँढे दुई तले रहेको छ। रासस
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment