काठमाडौं– सोमवार विहान ९–१० बजेसम्म प्रधानमन्त्री केपी ओलीसगै उपप्रधानमन्त्री एव्म अर्थमन्त्रीका रुपमा रुपन्देही–४ बाट निर्वाचित नेता विष्णु पौडेलले सपथ लिने तय भएको थियो । यसै अनुसार एमाले उप–महासचिव समेत रहेका पौडेल सपथ लिदा लगाउने पोशाकको तयारीमा जुटेका थिए । तर, १२ बजेतिर परिस्थिति बदलियो र पौडेल मन्त्री हुन पाएनन् ।
दुई–तीन घण्टामो समयमा एमालेभित्र खासमा के भयो र पौडेल सोमवार नै मन्त्री हुनबाट बंचित भए । एमालेका एक उच्चस्रोतले रातोपाटीलाई दिएको जानकारी अनुसार पार्टीभित्रको अन्तरसंघर्ष नै पौडेल मन्त्री हुनबाट रोकिनुको प्रमुख कारण थियो । पौडेल ओली नेतृत्वको सरकार गठनका लागि एकीकृत माओवादीका नेताहरुसँगको अनौपचारिक संवादमा सवै भन्दा बढी खटेका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफुसँगै पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका थिए र पार्टीका शीर्ष नेताहरुको वैठकमा प्रस्ताव गरे । तर, त्यहाँ माहोल अर्कै भैदियो । पौडेललाई रोक्न वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, उप महासचिव धनश्याम भुसाल, शंकर पोखरेल लगायतका नेताहरु योजनाबद्ध रुपमा उत्रिएको स्रोतले बतायो ।
स्रोतले बताए अनुसार ओलीले पौडेलको नाम प्रस्ताव गर्दा वित्तिकै उपाध्यक्ष गौतम रिसाएर भनेका थिए, ‘उहाँ पटक–पटक मन्त्री बन्नुभएको छ । अव फेरि पनि उहाँलाई बनाउनुपर्ने कारण छैन ।’ सँगसँगै गौतमले थपे, ‘अध्यक्ष ओलीको मन्त्रीमण्डलमा बसेर काम गर्ने चाहना छ ।’ प्रधानमन्त्री निकट स्रोतका अनुसार गौतमले सामन्य मन्त्रालय लिएर भएपनि अन्तिम पटकका लागि सरकारमा सहभागी हुने चाहना राखेका छन् ।
उपमहासचिवमा हारेका शंकर पोखरेलले पार्टी महाधिवेशन सम्झे र पौडेललाई मन्त्री हुनबाट रोक्ने योजना तयार पारेका थिए । एमाले स्रोतले बताए अनुसार ‘पोखरेलको योजना उप–महासचिवमा चुनाव हारेको इगो जस्तो थियो ।’ उता संविधानसभाको निर्वाचनमा पौडेलले बालकृष्ण खाँडसग मिलेर आफुलाई हराएको भुसाल आफु निकटसँग गुनासो गर्दे आएका छन् ।
झलनाथ खनाल र माधव नेपालले सुरेन्द्र पाण्डे वा भीम रावललाई अर्थमन्त्रीका रुपमा अगाडि सारे । त्यसो त पुशपति चौलागाई जस्ता पुराना सहयोगी छाडेर आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई मन्त्री बनाएको भन्दै माधव नेपालको पनि आलोचना शुरु भएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment