English Edition

यातायातका साधन नचल्दा हजारौ नेपाली विचल्ली

बर्ष दिनमा आउने नेपालीहरुको महान चाड बडादशैंमा आफ्नो मान्यजनबाट आर्शीवाद थाप्न घर फर्कने नेपालीहरुको पुरानो चलन नै हो । तर भूकम्पले भत्काएको नेपालीको मनमा तराईमा अविछिन्नरुपमा जारी आन्दोलन र छिमेकी भारतको नाकावन्दीले पु¥याएको कष्टले दशैं दशा बनेर भित्रिएको छ यसपटक । पेट्रोलको अभावले यातायातका साधन नचल्दा गन्तव्यसम्म पुग्न नपाउँदा हजारौ नेपालीको विचल्ली बनेको छ । दशैंको समयमा अरु समयमा भन्दा दोब्बर बढी सवारी साधन गुडने नेपालका सडकहरु यसपटक सुनसान बन्दा यात्रुहरु जोखिम मोलेर भएपनि यात्रा गर्न विवश छन् ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment