अमेरिकाको इतिहास मै पहिलो पटक नेपाल कै सुपरहीट सुपर स्टारहरुको साथमा नेपाली मन नेपाली तन रमाईलो साझ भब्यताका साथ सु-सम्पन्न भएको छ |यूटाहा राज्यको साल्ट लेक सिटीमा उक्त कार्यक्रम सम्पन्न भएको हो |
नेपाली फिल्म क्षेत्रकी बहुचर्चित नायिका जल शाहको आयोजनामा गरिएको सो कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमाल, नायक दिलीप रायमाझी, नायिका अरूणिमा लम्सालले आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए |कार्यक्रममा आधुनिक गायकहरु रामकृष्ण ढकाल, यम बरालले विभिन्न आधुनिक गीत मार्फत दर्शकको मन जितेका थिए |
लोक दोहोरीमा दोहोरी क्षेत्र कै बहुचर्चित गायिकाहरु निसा सुनार र संगिता थापा मगरको प्रस्तुतिले दर्शकहरु झुमी झुमी नाचेका थिए | कार्यरक्रमको संचालन नेपाली फिल्म डाइरेक्टर तथा चलचित्र पत्रकार सुरेश दर्पन पोख्रेलले गर्नु भएको थियो |
सबै विधाका कलाकारहरुको उपस्थिति रहेको यस कार्यक्रममा करिब सात सयको हाराहारीमानेपाली दर्शकको उपस्थिति रहेको थियो भने कार्यक्रमको अन्त्यमा निसा सुनार संगिता थापाको दाहोरीमा राजेश हमाल लगायत कार्यक्रममा सहभागी सबै कलाकारहरूले नाचेर दर्शकहरूलाइ थप मनोरन्जन प्रदान गरेका थिए |
0 comments :
Post a Comment