प्रधानमन्त्री के पी शर्मा ओलीले संविधान भनेको कुनै ठाँउ बिशेष र कुनै जाती बिशेषको नभएको बताउनुभएको छ । उहाँले संविधानले मुलुकभरका मानिसको भावनालाई समेट्ने समेत बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा कलाकारहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले घुमाउरो शैलीमा मधेशी दलको मागबारे बोल्नुहुदैँ संविधान कुनै जाती बिशेषको नभएको बताउनुभएको हो । उँहाले धेरै मान्छेका लागि संविधान बन्ने र पातलो जनसङ्गख्यालाई नहुने भन्ने बुझाई नै गलत रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नयाँ संविधानले कसैलाई पनि भेदभाव नगरेको बताउनुभयो । उँहाले आन्दोलनको नाममा चुलो बल्न नदिने, यातायात ठप्प पार्ने, बालबालिकालाई पढ्न नदिने, युवाहरुलाइ बेरोजगार बनाउने जस्ता कार्यले नेपाली समाज एैठनमा परेको बताउनुभयो । यस्ता कार्यहरु गर्नै नहुने भन्दै प्रधानमन्त्री ओलीले यी कृयाकलापहरु अमानवीय भएकोे प्रष्ट पार्नुभयो ।प्रधानमन्त्री ओलीले अहिले बनेको संविधान अत्यन्तै लोकप्रिय रहेको तर केहि झिना मसिना कुरामा अल्झेर संविधानलाई बदनाम गराउन लागि परेको बताउनुभयो ।संविधानका विमतिहरुलाई सम्वादबाट सुल्झाउन सकिने प्रधानमन्त्री ओलीको विश्वास छ । उहाँले सम्वादमा आएर नै संविधान संशोधन गर्न सकिने बताउनुभयो ।
0 comments :
Post a Comment