तेल पाउने आशामा घण्टौ लाइनमा
भारतले गरेको नाकाबन्दीका कारण करिब ८० दिन देखि नेपालीहरुले पेट्रोलियम पदार्थको अभावका बीच आफ्नो दैनिकी चलाउँदै आएका छन् । तेल पाउने आशामा घण्टौ लाइनमा कुरेर बस्नु नेपालीको दैनिकी नै बनेको छ । यस्तोमा सरकारले दशैपछि पहिलो पटक दुई पाङग्रे निजी सवारीसाधनलाई पाँच लिटर र चार पाङ्ग्रेलाई पन्ध्र लिटरको दरले बिहिबारबाट शनिबारसम्म तेल वितरण गरिदैछ । तेल बाँड्ने भएपछि अहिले सर्वसाधारण लामबद्ध भएर तेलको आशमा बस्न बाध्य भएकाछन् ।
0 comments :
Post a Comment