दश बर्षे माओवादी सशस्त्र द्धन्द्ध र निरंकुश राजतन्त्रको अन्त्यको कारक मानिएको तत्कालीन सात दल र नेकपा माओवादीबीचको १२ बुदें सम्झौताको उचित व्यवस्थापन तथा जन भावना अनुसार अगाडि नबढ्दा मुलुकले १० बर्षपछि पनि कठिन अवस्थाको सामना गरिरहेको छ । यतिखेर आएर मुलुकको ठुलो वृत्तवाट उक्त सम्झौताको औचित्यमाथिपनि प्रश्न उठाउन थालिएको छ ।एकातर्फ तत्कालीन माओवादीको करिव एक दशक लामो हिंसात्मक द्धन्द्ध तथा अर्कोतर्फ राजा ज्ञानेन्द्रको निरंकुश शासन जसको सामना गर्ने तागत मुलुक र जनतालाई हम्मेहम्मे परेको थियो । विज्ञहरुले मुलुक असफल राष्ट्र हुने खतरा तर्फ गईरहेको चेतावनी दिईरहेको अवस्था थियो । त्यस्तो जटिल अवस्थामा माओवादीलाई शान्ति प्रक्रियामा ल्याई लोकतान्त्रिक विधिमा समाहित गराउन र लोकतन्त्रकोलागि खतरा बनेको निरंकुश राजतन्त्रको अन्त्यकोलागि छिमेकी भारतको सदासयतामा दिल्लीमा वि.स. २०६२ साल मंसिर ७ गते १२ बुदें सम्झौता भएको थियो । जसमा तत्कालीन सात दल र नेकपा माओवादीले हस्ताक्षर गरेका थिए ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment