English Edition

फेरी उग्र बन्यो मोर्चा, मधेसमा हिंसात्मक झडप

काठमाडाैं डेस्क-वार्ताबाट बिच्केर आन्दोलनमा होमिने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसका जिल्लामा प्रदर्शन उग्र बनाएको छ । शनिबार वीरगन्ज र गौरमा मोर्चा आक्रामक देखियो । मोर्चा कार्यकर्ताले बन्दमा चलेका गाडीलाई रोकेर तोडफोड गरे । अग्नी नियन्त्रक बारूण यन्त्र (दमकल) तोडफोड गरे। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी उत्रिएपछि मोर्चासंग ठाउँठाउँमा झडप भएको छ ।

गौरमा मोर्चा कार्यकर्ताले नगरपालिकाको दमकल तोडफोड प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । मोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर प्रहरीमाथि ढुंगा मुडा प्रहार गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउण्ड हवाइ फायर र आठ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । गाैरस्थित वीपी चोक तनावग्रस्त बन्यो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबारदेखि आन्दोलनलाई कडा बनाउन निर्णय गरेसँगै मोर्चाका कार्यकर्ता विहानैदेखि सडकमा निस्केका हुन्।

वीरगन्जको घण्टाघर चोकमा मोर्चा कार्यकर्ताले बन्दको अवज्ञा गरेर चलाएको भन्दै मोटरसाइकल तोडफोड थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी र मोर्चा कार्यकर्ताको झडपले केही दिनयता शान्त सहर फेरि तनावग्रस्त बनेको छ । प्रहरीले १ राउण्ड अश्रृ ग्यास प्रहार गरेको छ । झडपमा प्रहरी निरीक्षक शेख अदालत सहित केही प्रहरी र मोर्चाका कार्यकर्तालाई चोटपटक लागेको छ । २ जना मोर्चा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्विरः राैतहटमा तोडफोड गरिएको दमकल।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment