बाल्टिमोर अमेरिका, डिसेम्बर २५, /
क्रिश्चियन धर्मावलम्बीहरुको पबित्र र महान पर्ब क्रिश्मस आज संसारभर मनाईदैछ |
यो धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम सहित मनाउने गरिन्छ ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मेरीको कोखबाट येशुको जन्म भएको थियो ।
सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेद र उनीहरुका पापबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको क्रिश्चियन धर्मावलम्बीहरुको विश्वास छ |
येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
यस पबित्र दिनको अवसरमा द नेपाल टुडे परिवार सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं |
0 comments :
Post a Comment