English Edition

संवाद र संसदबाटै हल खोज्न आन्दोलनरत पक्षलाई काँग्रेस नेताहरुको आग्रह

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले राजनीतिक अवस्था जटिल बन्दै गएकोले आन्दोलनरत पक्षले संवाद र संसदवाटै हल खोज्न अग्रसर हुनु पर्ने बताउँनुभएको छ । उहाँले नयाँ संविधान सबैको पक्षमा रहेको दावी समेत गर्नुभएको छ । 
स्कुल अफ डेमोकेस्रीले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा धारणा राख्दै वरिष्ठ नेता देउवाले नयाँ संविधानले सवैका मुद्यालाई सम्वोधन गरेको दावी गर्नु भयो । लोकतान्त्रिक संविधानको निर्माण भएकोले सवै कुराको हल संविधानवाटै खोज्न सकिने उहाँले वताउँनुभयो । संविधान संशोधन विधेयक संसदमा पेश भईसकेपनि आन्दोलनरत पक्षहरुका कुराहरु समेत समेटेर सम्वोधन गर्न सकिने उँहाले स्पष्ट पार्नुभयो ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment